sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा आठौँ विश्व हात धुने दिबस मनाईयो

असोज । खोटाङमा बिभिन्न कार्यक्रम गर्दै ८ औं बिश्व हात धुने दिबस मनाइएको छ । वाटर एडको सहयोगमा खानेपानी बिहिबार उपभोक्ता महासंघको आयोजनामा नेर्पास्थित जनता निमाबिमा दिबस मनाइएको हो । दिबसका अवशरमा हात धुने प्रतियोगीता र बक्तृत्वकला प्रतियोगीता गरिएको छ । 

६ चरणमा धुनुपर्ने हात धुने प्रतियोगीतामा प्राबि तहतर्फ जनता निमाबिका निसान बास्तोला र माबितर्फ कालिका माबिका दिपेन्द्र राई प्रथम हुनुभएको छ । यस्तै, बक्तृत्वकला प्रतियोगीतातर्फको पुरस्कार कालिका माबिकी सर्मिला अधिकारीले जित्नु भएको छ । हात धुने प्रतियोगीतामा बिजेता छात्रछात्रालाई ऐना, रुमाल, साबुन, नैनी, टुथब्रसको सेट तथा बक्तृत्वकला प्रतियोगीताका बिजेतालाई नोट बुक र कलम प्रदान गरिएको छ । प्रतियोगीतामा ४० भन्दा बढि बिद्यार्थीको उनीहरुलाई प्रमुख अतिथिकारुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम बास्तोला र खानेपानी उपभोक्ता महासंघका सचिव कृष्ण गुरुङले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रमका अवशरमा खानेपानी उपभोक्ता महासंघले सबैभन्दा सफा अभिभाबकलाई हर्पिक, शौचालय सफा गर्ने ब्रस प्रदान गरेको छ । 

कार्यक्रम महासंघका सचिव गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । खानेपानी उपभोक्ता महासंघले बिद्यालयको माध्यमबाट बिद्यालय सरसफाई स्वच्छता प्रबर्धनकालागि नागरिक आवाज कार्यक्रम सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक पेम्बा तामाङले जानकारी दिनुभयो । खुल्ला दिशामुक्त क्षेत्र घोषणाकालागि महासंघले जिल्लाका ४४ गाबिसमा अभिमुखीकरण एबं सचेतानमूलक कार्यक्रम सञ्चालन गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post