sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » तरकारी पकाउँदा तेलबाट उठेको आगोबाट घर नष्ट

खोटाङ, असोज–२१, केटाकेटीले तरकारी पकाउनेक्रममा आगलागी हुँदा खोटाङमा एक घर नष्ट भएको छ । तरकारी पकाउन कराहीँमा तताइएको तेलबाट आगो उठ्दा बाहुनीडाँडा–१ नम्नाखुका अम्बरबहादुर अधिकारीको घर जलेर नष्ट भएको हो ।

बुधबार राती कराहीको तेलबाट उठेको आगो अगेनामाथि भारमा राखिएको जस्ता, त्यसमाथि राखिएको मकै हुँदै फैलिएर घर जलेको स्थानीय वडानागरिक मञ्चका संयोजक पुष्पराज राईले बताउनु भयो । अधिकारीको घर तथा घरभित्र राखिएका मालमत्ता, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, नागरिकता लगायतका सबै सामग्री जल्दा ३ लाख ४५ हजार बराबरको क्षती भएको प्रहरीचौकी च्यास्मीटारको प्रारम्भिक अनुमान छ । अधिकारीका ७ जनाको परिवारलाई वर्षे कटेरामा राख्ने तयारी गरिएको संयोजक राईले बताउनु भयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post