sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » वडा नम्बर–१ ले चुम्यो दिक्तेल नगरपालिका कपको उपाधि

खोटाङ, कात्तिक । ‘दिक्तेल नगरपालिका कप २०७२’ को उपाधि वडा नम्बर–१ ले चुमेको छ । सोमबार सम्पन्न प्रतियोगितामा वडा नम्बर–२ लाई ४–० गोल अन्तरले हराउँदै वडा नम्बर–१ ले उपाधि चुमेको हो ।

उपाधिसँगै वडा नम्बर–१ ले ४० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । हारसँगै उपविजेता बनेको वडा नम्बर–२ ले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । 

गत असोज २६ गतेदेखि जारी प्रतियोगितामा वडा नम्बर–६ र १० सेमीफाइनलिष्ट भएका छन् । ‘खेलकुद मार्फत अनुशासन र विकास’ भन्ने नारासहित दिक्तेलको सोल्मास्थित नयाँ खेलमैदानमा भएको प्रतियोगितामा वडा नम्बर–१ का शैलेष बजिमय उत्कृष्ठ खेलाडी घोषित भए ।  

दिक्तेल नगरपालिका र सोल्मा स्पोर्टस क्लवले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा वडा नम्बर–१० अनुशासित समूह घोषित भएको छ भने, सोही समूहका राजकुमार राई उत्कृष्ठ गोलरक्षक छानिएका छन् । १५ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा नम्बर–५ ‘बि’का चिरण राई उत्कृष्ठ डिफेण्डर घोषित भए ।

दसैं तथा तिहारको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा वडा नम्बर–७ का रबिन राई उत्कृष्ठ मिडफिल्डर छानिएका छन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता वडा नम्बर–२ का रोजन खत्री घोषित भएका सोल्मा स्पोटर्स क्लव सोल्माका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । 

सात दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ठ टिमकोचमा वडा नम्बर–१ का सूचन राई भएका आयोजकले जनाएको छ । प्रतियोगिताका सेमिफाइनलिस्ट दुवै समूहले १२÷१२ हजार प्राप्त गरेका छन् भने, उत्कृष्ठ किपर, मिडफिल्डर, प्लेयर, स्कोररलाई जनही दुई हजार २२२ रुपैयाँ नगदको साथमा ट्रफी र मेडल प्रदान गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post