sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » नेराकसं निजामतीको अध्यक्षमा कार्की

खोटाङ, मंसिर ७ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको अध्यक्षमा गणेश कार्की चयन भएका छन् । 
आईतबार सम्पन्न तेश्रो जिल्ला अधिबेसनबाट कार्की नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा ध्रुबराज राई, सचिवमा उत्तम आचार्य, सह–सचिवमा सबिना मगर र कोषाध्यक्षमा रमेश गदाल चयन भएका छन् । यस्तै, रबिन मगर, तिर्थ बिश्वकर्मा, बबिता राई, गुमानसिं बस्नेत, सञ्जिब राई, प्रकाशचन्द्र राई, रामभक्त अधिकारी र बिष्णुप्रसाद धिमाल समितिको सदस्य छानिएका छन् । 
अधिबेसनले भुवनप्रसाद आचार्य, मीनबहादु थापा र मेघराज आचार्यलाई केन्दीय प्रतिनिधिकारुपमा चयन गरेको छ । राजीव रम्तेल, कुलप्रसाद आचार्य, यदुनाथ ढकाल, प्रभुनाथ आचार्य, लिला बिश्वकर्मा, मनकुमार राई र छबिलाल आचार्य संगठनको सल्लाहकारमा मनोनयन भएका छन् । अधिबेसन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रीय सदस्य रुद्र सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिबेसनलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुबेदीले जनहितकापक्षमा उभिएर सेवा गर्न कर्मचारीलाई आग्रह गरे । 
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठनका भक्त शैंजू, पुर्वसभाषद दुर्गाजयन्ती राई, प्रमुख जिल्ला अधिकारी रुदप्रसाद खड्का, स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे, पेशागत संगठनका प्रमुख लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post