sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » बच्चा जन्माउन नसक्दा गर्भवती महिलाको मृत्यु

खोटाङ, मङ्सिर–१०, बच्चा जन्माउन नसक्दा खोटाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको उत्तरी गाविस खार्मी–८ की २२ वर्षीया गंगादेवि तामाङको बिहीबार मृत्यु भएको हो ।

घरमा सुत्केरी व्याथा लागेको लामो समयपछि सदरमुकाम दिक्तेल लैजानेक्रममा बिहीबार दिउसो बाटैमा मृत्यु भएको मृतकका देवर प्रजल तामाङले बताउनुभयो । “सुत्केरी व्याथा लागेर घरमा छट्पटी सुरु भयो ।” उहाँले भन्नुभयो, “लामो समयसम्म बच्चा नजन्मिएपछि अस्पताल लैजाँदै थियो, पु¥याउन नपाँदै बाटैमा मृत्यु भयो ।” 

मृतकको शव जिल्ला अस्पताल खोटाङमा लगेर परीक्षण गरेपछि घर फर्काइएको आफन्तले जनाएको छ । गत वर्ष महाप्रसाद तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी उनको पहिलो बच्चा जन्माउनेक्रममा मृत्यु भएको जनाइएको छ । 

मृतकका श्रीमान महाप्रसाद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका महाप्रसाद गत असारमा रोजगारीको सिलसिलामा साउदी पुगेका आफन्तले जनाएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post