sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ऐंसेलुखर्कका लागि इलाका प्रशासन कार्यालयको दरबन्दी स्वीकृत

खोटाङ १४ मंसिर । खोटाङको रावापारीको क्षेत्र ऐंसेलुखर्कका लागि इलाका प्रशासन कार्यालयको दरबन्दी स्वीकृत भएको छ ।

६ जनाको दरबन्दीसहित कार्यालयको दरबन्दी मन्त्रालयबाट स्वीकृत भएको सभाषद पाँचकर्ण राई (पिके) ले हाम्रोखोटाङ डटकमलाई जानकारी दिए ।

रावापारीका १६ गाविसबासी यसअघि प्रशासनिक कामका लागि सदरमुकामसम्म आउन बाध्य हुँदै आएका थिए । 

दरबन्दी स्वीकृत भएसँगै अब १६ गाविसबासी प्रत्यक्ष लाभान्वित हुने सभाषद राई बताउँछन् । उनका अनुसार केही दिनपछि कार्यालयको उद्घाटन गरेर सेवा सुरु गर्ने तयारी भईरहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post