sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » पाथेका र बाम्राङमा घुम्ती कानूनी सेवा सञ्चालन


खोटाङ, कार्तिक । सामाजिक कानुनी सहायता केन्द्र खोटाङले पाथेका र बाम्राङमा घुम्ती कानूनी सेवा सञ्चालन गरेको छ । 

न्यायिक प्रणालीसम्म पहुँच कायम गर्न नसकेका व्यक्तीलाई समानरुपमा न्याय उपलव्ध गराउनकालागि सहायकता केन्द्रले घुम्ती कानुनी सेवा प्रदान गरेको जनाएको छ । सामाजिक कानुनी सहायता केन्द्रले गर्ने सहयोगका बिषयमा जानकारी दिँदै बिपन्न र जोखिमपूर्ण अवस्थाका नागरिकलाई केन्द्रबाट सहयोग लिन आव्हानकालागि घुम्ती सेवा सञ्चालन गरिएको जिल्ला कानूनी सहायता समितिका संयोजक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

कमजोर, सीमान्तकृत, पिछडिएका, बिपन्न र जोखिमपूर्ण अवस्थाका व्यक्तीलाई निशुल्क सामाजिक तथा कानुनी सहायता प्रदान गर्दैआएको केन्द्रले स्थानीयबासी, बिद्यार्थीलाई अलग–अलग राखेर कानूनी सचेतना र घुम्ती कानूनी सेवाका विषयमा जानकारी गराएको छ । 

सेवाग्राहीको आर्थिक बिपन्नता, पृष्ठभूमी, कानुनी सचेतनाको अवस्था, समाजमा बिद्यमान शक्ति सम्वन्ध, भौगोलिक बिकटता लगायतका कारण न्यायिक प्रणालीमा पहुँच नपुगेका नागरिकलाई सेवा लक्षित गरेको केन्द्रले देवानी, फौजदारी तथा प्रशासनिक बिवाद तथा मुद्धाहरुसँग सम्बन्धित क्षेत्रहरु महिलाबिरुद्धको घरेलु हिंसा, करणी, यौन दुव्र्यबहार, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धीका बिवादमा कानुनी सहायता प्रदान गर्दैआएको छ । यस्तै, जातीय भेदभाव र छुवाछुत सम्वन्धी बिवाद वा मुद्धा, कैंदीहरुको मानव अधिकार सम्वन्धी बिवाद, सीमान्तकृत, दलित, सूचीकृत समुहको बिवाद, आदिबासी, अल्पसंख्यकको मुद्धा, अपांग, एकल महिला सम्वन्धी बिवाद वा मुद्धामा कानुनी सेवा प्रदान गर्ने गरिएको संयोजक खड्काले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post