sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » नाकाबन्दीले विकासमा अवरोध, मेवा खोला हाईड्रोपावरको काम ठप्प

भारतीय नाकाबन्दीपछि इन्धन अभावमा खोटाङको मेवा खोला हाईड्रोपावरको काम ठप्प छ। आगामी माघमा सक्ने लक्ष्यका साथ काम अघि बढिरहेको १ मेगावाट क्षमताको हाइड्रोपावरको काम इन्धनबाट चल्ने उपकरण सञ्चालन नहुँदा बन्द छ।

वायरिङ गर्न प्रयोग गरिने मसिन चलाउने ग्यास, ड्रिल मेसिन, मकिजम्पलगायतका उपकरण चलाउने पेट्रोल नहुँदा हाईड्रोपावरको काम ठप्प भएको आयोजना प्रमुख ललितकुमार राईले बताए। जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रबद्र्धनमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो। डिजेल अभावमा मालबाहक सवारी साधन नचल्दा हाईड्रोपावरको कामका लागि आवश्यक सिमेन्ट, रड, बालुवा तथा गिटी ओसार्न सकिएको छैन। यसपटकको महाभूकम्प तथा बाढीले पूर्णरुपमा क्षति पुर्याएको आयोजनालाई पुःन भारतीय नाकाबन्दीले प्रभाबित पारेको आयोजना प्रमुख राईको भनाइ छ।
'नाकाबन्दीले हाईड्रोपावरको काम ठप्प भएको छ, राईले भने, 'माघमा बत्ति बाल्ने हाम्रो सपना चकनाचुर बनाएको छ।' पेट्रोयिम पदार्थको अभावमा ठप्प बनेको हाईड्रोपावरको कामलाई सुचारु गर्न शुक्रबार प्रशासनमार्फत नेपाल आयल निगम समक्ष तेल माग गरिएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीले जनाएको छ।

निर्माणधिन दुधकोसी पुल । नाकाबन्दीपछि इन्धन अभावका कारण यसको निर्माण कार्य प्रभावित भएको छ ।
इन्धन अभावमा जेनेरेटर, एक्स्काभेटर, ट्रक नचल्दा खोटाङ र ओखलढुंगाको सिमानामापर्ने जयरामस्थित दुधकोसीमा निर्माणाधिन मोटरेबल पुलको काम प्रभाबित भएको छ। तेल अभावमा जेनेरेटर नचल्दा पुलको खोटाङतर्फको पिल्लरको ढलानका काम हुन नसकेको ठेकेदार कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर सिताराम अधिकारीले बताए। इन्धनको अभावमा एक्स्काभेटर थन्किदा पुलको ग्याभिनको काम लथालिंग बनेको छ। सम्झौता मिति नाघेको ४ वर्ष बित्दा पनि पूरा हुन नसकेको पुलको पाइलनका काम गर्न आवश्यक पाइप ढुवानी गर्न सकिएको छैन। दशैंअघि पूरा गर्ने भनिएको पाइलनका काम दुई महिना पछाडि धकेलिएको इन्जिनियर अधिकारी बताउँछन ।

'अहिलेको हाम्रो मूख्या काम नै ढलानको काम हो, इन्जिनियर अधिकारीले भने, 'तर तेल अभावमा काम हुन सकिरहेको छैन, सरासर काम गर्न पाएकोभए दशैंअघि पाइलनका काम सकिन्थ्यो।' आवश्यक मात्रामा इन्धन आपूर्ति हुन सके पुल निर्माणको कामलाई अघि बढाउन सकिने उनले जनाए । पुल निर्माणमा संलग्न अधिकांश तराईका कामदार जारी बन्दका कारण आउन नसक्दा समेत काममा बाधा पुगेको छ। २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा हुलास इन्जिनियरिङ र कालिका कन्स्ट्रक्सनले पुल निर्माणकालागि सम्झौता गरेको थियो। बिभिन्न बाहनामा पुलको काममा ढिलाई गर्दैआएका ठेकेदारलाई भने नाकाबन्दीले पुलको काम अझै पछि सार्न सघाउ पु¥याएको छ । - नागरिक न्यूज

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post