sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

खोटाङ, कार्तिक–१७, ट्याक्टर दुर्घटना हुँदा खोटाङमा ट्याक्टर चालकको ज्यान गएको छ । सुन्तलेको धाप्लाङबाट सामान लिएर चिसापानी जाँदै गरेको को २ त १७८६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खोटाङबजार–९ का चालक २४ वर्षीय सोमनाथ बिश्वकर्माको ज्यान गएको हो ।

खाद्यान्न लिएर आउँदै गरेको ट्याक्टर मंगलबार बिहान साउनेचौर–२ र ३ को सिमानामा पर्ने राप्चा भीरबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताउनुभयो ।

सडकबाट करिब ३ सय मिटर तल खसेको ट्याक्टरका चालक बिश्वकर्माको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साँघुरो सडकका कारण ट्याक्टरले नियन्त्रण गुमाएर पल्टिएको अनुमान गरिएको चिसापानी उच्च माबिका प्राचार्य रामबहादुर राउतले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post