sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बाख्रालाई घाँस काट्न हिँडेका खड्का मृत फेला

कात्तिक । बाख्रालाई घाँस काट्न भनेर घरबाट हिँडेका खोटाङका एक व्यक्ति बारीको काल्लामुनी मृत फेला परेका छन् । घाँस काट्नका लागि बिहीबार बिहान कचिया बोकेर घरबाट हिँडेका दिक्तेल नगरपालिका–१ का ४८ वर्षीय चेतबहादुर खड्का दिउसो बारीको काल्लामुनी मृत फेला परेका हुन् ।

बिहान साँढे आठ बजेतिर घरबाट हिँडेका खड्का अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा बारीको काल्लामुनी मृत फेला परेको स्थानीयले बताएका छन् । शारीरिक रुपमा सामान्य अपाङ्ग रहेका खड्का घर नजिकै बारीको काल्लामुनी उधोमुन्टे अवस्थामा मृत फेला पारिएको स्थानीयको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा खड्काको लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “खड्का शारीरिक रुपमा सामान्य अपाङ्ग रहेछ ।” उहाँले भन्नुभयो, “खुट्टाले राम्रो भर नपाएपछि चिप्लिएर काल्लामुनी खस्दा ज्यान गएको अनुमान गरिएको छ ।”
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । छोराहरु जिल्ला बाहिर रहेकाले उनीहरु नआउँदासम्म अस्पतालमै राखिने आफन्तले बताएका छन् । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post