sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अज्ञात समूहद्धारा मोटरबाईकमा आगजनी

खोटाङ, कात्तिक–१९, अज्ञात समूहले खोटाङमा एक वटा मोटरबाईकमा आगजनी गरेका छन् । जिल्लाको पश्चिमी गाविस बडहरे–७ स्थित भगवती दाहालको घरमा पार्किङ गरेर राखेको स २ प ७३९७ नम्बरको पल्सर बाईकमा गए राति नचिनिएको समूहले आगजनी गरेका हुन् ।

आगजनी भएको मोटरबाईक स्वास्थ्यचौकी बडहरेका सिनियर अहेव शिवनारायण साहको रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न च्यास्मिटार प्रहरी चौकीबाट टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो ।

जिल्लामा पेट्रोल अभाव भएको अवस्थामा साहको मोटरबाईकमा रहेको र चलाउन माग्दा नदिएपछि स्थानीय युवाहरुले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । गाविसका कसैसँग आफ्नो दुष्मनी नभएका कारण आगजनी गर्ने समूहको पहिचान गर्न गाह्रो भएको साहले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post