sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » असिनाले एघार करोडभन्दा बढिको क्षति भएको सार्वजनिक

कात्तिक–२०, गत कात्तिक ६ गते परेको असिनाले खोटाङमा एघार करोडभन्दा बढिको धान नष्ट गरेको तथ्याङ्क सार्वजनिक भएको छ । वर्षासँगै परेको असिनाले जिल्लाको विभिन्न ठाउँमा लगाइएको धानबाली नष्ट हुँदा ११ करोड आठ लाख १२ हजार बराबरको क्षति पुगेको तथ्याङ्क जिल्ला कृषि विकास कार्यालय खोटाङले सार्वजनिक गरेको हो । 

असिनाले जिल्लाको दोर्पाचिउरीडाँडा, नेर्पा, पाथेका, खार्मी, दिक्तेल, रतन्छा, निर्मलीडाँडा लगायतका ११ गाविसका खेतमा लगाइएको धान बिनास गरेको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो । असिनाले प्रभावित क्षेत्रमा ४० देखि ९० प्रतिशतसम्म धानबालीमा क्षति पु¥याएको देखिएको घिमिरेले जानकारी दिनुभयो ।

क्षतिको विवरण संकलनका काम अझै नसकिएकाले असिनाले धानबालीमा पु¥याएको क्षतिमा बढ्न सक्ने कार्यालयले जनाएको छ । जिल्लाको दोर्पाचिउरीडाँडा, नेर्पा, पाथेका र खार्मीमा मात्र ९८५ मेट्रिक टन धान नष्ट हुँदा ३ करोड ९४ लाख बराबरको क्षति भएको घिमिरेले जानकारी दिनुभयो । 

जिल्ला दैविप्रकोप उद्धार समितिले असिना पीडितको सहयोगार्थ आवश्यक सहयोग माग गरेको छ । धानबालीमा ११ करोडभन्दा बढिको क्षति भएको तथ्याङक सार्वजनिक भएपछि असिना पीडितका लागि कृषि मन्त्रालय समक्ष आवश्यक राहत रकम माग्ने निर्णय गरिएको हो ।

असिनाले धान लगायतका बालीनाली नष्ट बनाइदिएपछि गत कात्तिक–१३ गते नेर्पाका किसानले कृषि कार्यालय र जिल्ला प्रशासन कार्यालय समक्ष राहत माग गरेका थिए । असिनाले दाना झारेका कारण धानको बाला रित्तो र सिक्रा बनेको प्रभावित क्षेत्रमा पुगेर फर्किएका कृषि प्राविधिकहरुको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post