sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » त्रिविद्धारा दिक्तेल क्याम्पस अनुमोदन

खोटाङ, मंसिर–१, देबीप्रसाद रिजाल नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिले त्रिभुवन बिश्वबिद्यालयबाट अनुमोदन प्राप्त गरेको छ । स्थापना भएको ३५ वर्षपछि गत साउन–२ गते सम्पन्न क्याम्पसको पहिलो साधारणसभाबाट निर्वाचित रिजाल नेतृत्वको सञ्चालक समितिले त्रिभुवन बिश्वबिद्यालय उपकुलपतिको कार्यालयबाट दुई महिनापछि अनुमोदन प्राप्त गरेको हो । 

गत असोज–१६ गते अनुमोदनको निर्णय गरेको त्रिभुवन बिश्वबिद्यालयले कार्तिक–१३ गते अनुमोदनको निर्णयका बिषयमा लिखित जानकारी गराएको क्याम्पस प्रमुख डा. शुकराज राईले जानकारी दिनुभयो । त्रिबिबाट अनुमोदन प्राप्त गरेको सञ्चालक समितिसँग क्याम्पसले मंगलबार ‘परिचयत्मक कार्यक्रमकासाथमा बधाई तथा सुझाव सल्लाह’ विषयक कार्यक्रम गरेको छ । २०३७ साल असोज–१२ गते स्थापना गरिएको जिल्लाकै पहिलो क्याम्पसको साधारणसभाबाट गठन भएको रिजाल नेतृत्वको ११ सदस्यीय सञ्चालक समिति अनुमोदनकालागि त्रिबी समक्ष पठाइएको थियो । 

कार्यक्रमपछि सञ्चालक समितिसँग नेता, प्राध्यपक, बिद्यार्थी तथा पत्रकारहरु । तस्बिर: हाम्रो खोटाङ
राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ उपाध्यक्ष रहेको सञ्चालक समितिको सदस्यहरुमा इन्द्र घिमिरे, दिपनारायण रिजाल, सुरेश राई, टंकबहादुर थापा, ललितकुमार राई, राम बजगाई, तुलसी खम्बू, सन्तोष बस्नेत र महिलातर्फबाट दुर्गाजयन्ती राई छन् । परिचयत्मक एबं बधाई तथा सुझाव सल्लाह कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष रिजालले क्याम्पसको शैक्षिक तथा भौतिक बिकासकालागि ‘योजनाहरुको बैंक’ तयार गर्ने जानकारी दिनुभयो । 

क्याम्पस प्रमुख डा. राईले क्याम्पसको उन्नतीकालागि गुणस्तर सुधार र कार्यक्रम बिस्तारमा जोड दिने बताउनुभयो । उहाँले राजनैतिक भन्दा शैक्षिक व्यक्तित्वकारुपमा प्रस्तुत हुन सञ्चालक समितिलाई आग्रह गर्नुभयो । क्याम्पसका पुर्वप्रमुख शेरबहादुर तामाङले आर्थिक समस्यका कारण प्राध्यपकहरुलाई भनेको समयमा तलव खुवाउनै मुस्किल परिरहेकोतर्फ सञ्चालक समितिको ध्यानाकर्षण गराउनुभएको छ । कार्यक्रममा दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत  नारायण ढकालले क्यम्पसकालागि नगरपालिकाबाट एक लाख छुट्याउने घोषणा गर्नुभएको छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post