sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सुत्केरी ढुंगा कृषि सहकारीको तेश्रो साधारणसभा

खोटाङ १३ मंसिर । खोटाङको अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारी संस्थाको तेश्रो साधारणसभा सम्पन्न भएको छ ।

शनिबार अर्खौलेमा सम्पन्न साधारणसभाले किशोर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सहकारीको नयाँ समिति गठन गरेको छ । साधारणसभाले श्रेष्ठलाई तेश्रोपल्ट अध्यक्षकारुपमा निरन्तरता दिएको हो । २०६९ सालमा स्थापना भएको सहकारीले गत असार मसान्तसम्ममा २ करोड ५१ लाखको कारोबार गरेको छ । 

गत वर्ष आएको ४ लाख ३० हजार ९ सय रुपैयाँ मुनाफाको ३५ प्रतिशत रकमबाट शेयर सदस्यलाई कार्यक्रमका अवशरमा बोनस वितरण गरिएको सहकारीका अध्यक्ष श्रेष्ठले बताए । हाल सहकारीका ४५० शेयर सदस्य रहेका छन् । सहकारीमार्फत अर्खौलेका सुमन राई कृषि सम्बन्धी तालिमका लागि ईजरायल पठाइएको श्रेष्ठले जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post