sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » प्रेमीकाको मृत्युपछि प्रेमी र औषधी विक्रेताविरुद्ध कारबाही सुरु

खोटाङ, २३ कात्तिक । असुरक्षित गर्भपतनले प्रेमीकाको मृत्यु भएपछि प्रहरीले प्रेमी र गर्भ खोल्ने औषधि बिक्रेताविरुद्ध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

असुरक्षित गर्भपतनले बुइपा–४ की १५ वर्षीया सुनिता राईको मृत्यु भएपछि उनका प्रेमी मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राई र हलेसीमा औषधि पसल सञ्चालन गर्दै आएका गइन्द्रकुमार राईविरुद्ध प्रहरीले कर्तव्य ज्यान अन्तरगतको मुद्दा दर्ता गरेर कारबाही थालेको हो ।
http://4.bp.blogspot.com/-bS0FduZOge0/VdnMV4uHduI/AAAAAAAA4oE/aTU9GB8iVb0/s1600/lalita.jpg
औषधि सेवनगरी गत साउनमा असुरक्षित तरिकाले गर्भपतन गराएकी सुनिताको चार महिनापछि कात्तिक–२० गते मृत्यु भएपछि उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “दीपेन्द्रसँगको प्रेम सम्बन्धपछि रहेको गर्भपतन गराउनेक्रममा अधिक रक्तस्राव भएकाले सुनिताको मृत्यु भएको चिकित्सकहरुले पुष्टी गरेका छन् ।” उहाँले भन्नुभयो, “सोही अनुसार सुनिताको आफन्तले दिएको जाहेरीको आधारमा दुवैजना विरुद्ध कर्तव्य ज्यान अन्तरगतको मुद्दा दर्ता गरेर कारबाही थालिएको हो ।”

निजी औषधि पसलबाट गर्भ खोल्ने औषधि खरिद गरेर सेवनगरी गर्भपतन गराएकी सुनिताको अधिक रक्तश्रावका कारण दुवै मृगौला काम नलाग्ने भएपछि मृत्यु भएको चिकित्सकको भनाइ छ । करिब तीन महिनाको गर्भ खोल्न दुवै जनाको सहमतीमा असुरक्षित तवरले निजी क्लिनिकबाट औषधि खरिद गरेर सेवन गरेपछि अधिक रक्तस्राव भएको र रक्तस्रावकै कारण सुनिताको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ । 
गर्भपतनपछि गत साउन–३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अधिक रक्तश्रावका कारण जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो । काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी सुनिताको दीपेन्द्रसँगको प्रेम सम्बन्धलाई विवाहका लागि कानूनी रुप दिन जिल्ला प्रहरी कार्यालय खोटाङ आउँदै गरेको अवस्थामा सदरमुकाम दिक्तेलस्थित एक होटलमा मृत्यु भएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post