sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » संगीत विद्यालयलाई कन्सर्ट र देउसीबाट जुटेको रकम प्रदान

 खोटाङ, मंसिर ८ । खोटाङमा ‘सांगीतिक कन्सर्ट’ तथा देउसी खेलेर जम्मा भएको रकम अपांगता भएका संगीतकर्मीले सञ्चालनमा ल्याएको संगीत विद्यालयलाई प्रदान गरिएको छ । 

दिक्तेल बजारका युवाले आयोजना गरेको सांगीतिक कन्सर्ट तथा देउसीबाट जम्मा भएको ३० हजार रकम अपांगता भएका संगीतकर्मीद्धारा सञ्चालित पुर्वेली सरगम संगीत विद्यालयलाई प्रदान गरिएको हो । आर्थिक अभावका कारण संगीत विद्यालय सञ्चालनमा समस्या झेलीरहेका फरक क्षमता भएका संगीतकर्मीको सहयोगकालागि कन्सर्ट तथा देउसी खेलेर रकम जुटाइएको कार्यक्रम संयोजक सुचन राईले बताए ।

लाईभ कन्सर्ट तथा देउसीबाट जम्मा भएको रकम आईतबार दिक्तेलको भवनगैरास्थित नवयुवा फुलपाती सेवा समाजको कार्यालयमा पत्रकार सम्मेलन गरी संगीत बिद्यालयका प्रमुख राजन पुर्वेलीलाई प्रदान गरिएको छ । संगीत सिक्न आउने विद्यार्थीकालागि आवश्यक बाद्यबादनको व्यवस्थाकालागि संगीत बिद्यालयको सहयोगार्थ कन्सर्ट तथा देउसी कार्यक्रम सञ्चालन गरिएको समुहका सल्लाहकार पेम्बा तामाङले जनाए ।

समाजमा अपांगता भएका व्यक्तीलाई गरिने नकरात्मक व्यवहार परिवर्तनकालागि समेत उनीहरुको सहयोगार्थ अभियान सञ्चालन गरिएको हो । ‘अपांगता भएका भाईबहिनीले सञ्चालनमा ल्याएको संगीत बिद्यालयमा बाद्यबादनको व्यवस्था छैन,’ तामाङले हाम्रो खोटांगसँग भने, ‘एकसरो बाजागाजाको व्यवस्थाकालागि सहयोगको प्रयास गरिएको हो ।’ 
रकम बुझ्दै पुर्वेली सरगम संगीत बिद्यालयका प्रमुख राजन पुर्वेली (वायाँबाट चौथो) ।
रकम बुझ्दै संगीत बिद्यालयका प्रमुख राजन पुर्वेलीले व्यक्तीगत बाद्यबादन बजाएर संगीत सिकाउने गरिएको बताए । आवश्यक बाद्यबादनको अभावमा संगीतका बिद्यार्थीले आलोपालो बजाउँदै कक्षा लिने गरेको उनले जानकारी दिए । ‘सहयोगको आश्वसन दिने धेरै आए तर भनेअनुशार सहयोग गर्ने कोही देखिएनन्,’ पुर्वेलीले दुखेसो गरे, ‘सबै व्यक्तीगत बाजा बजाएर संगीत बिद्यालय जोगाइरहेका छौँ ।’ कोठा भाडा तिर्न समेत धौ–धौ परिरहेको संगीत बिद्यालयमा निजी एउटा हार्मोनियम, एउटा गितार र एक सेट तबला मात्र छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित कांग्रेस महासमिति सदस्य रबिप्रकाश राईले संगीत बिद्यालयलाई एक थान हार्मोनियम उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् । 
अपांगता भएका किशोरकिशोरीद्धारा सञ्चालित संगीत बिद्यालयको सहयोगार्थ दिक्तेलबजारका युवाले ‘दान बाकस’ राखेर कार्तिक–१९ र २० गते ‘ओपन’ र ‘इन्डोर’ कन्सर्टको आयोजना गरेको थियो । यस्तै, संगीत बिद्यालयकै सहयोगार्थ युवाले तिहारको अवशरमा देउसी खेलेर सहयोग रकम संकलन गरेको जानकारी दिएको छ । कन्सर्ट तथा देउसीबाट १ लाख ५६ हजार ६ सय संकलन भएकामा बचत रकम संगीत बिद्यालयलाई प्रदान गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post