sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » पसलमा आगलागी हुँदा करोड बढीको क्षति

खोटाङ, ११ मङ्सिर । पसलमा आगलागी हुँदा खोटाङमा एक करोड बढीको क्षति भएको छ । च्यास्मिटार–५ का ईश्वरी राईको पसलमा गएराति अचानक लागेको आगोले नगद, सुनचाँदी, तीन तले घर, किराना तथा कपडा पसल, भाँडाकुँडा, अन्नपात लगायत जल्दा एक करोड बढीको क्षति भएको हो । 

राति करिब साँढे ११ बजे अचानक लागेको आगो प्रहरी र स्थानीयवासीले बिहान चार बजे मात्र नियन्त्रणमा लिएको स्थानीय महाशेर क्याम्पा राईले जानकारी दिनुभयो । बेलुकाको खाना खाएर सुतीसकेको समयमा आगलागी भएकाले कुनै पनि सामान निकाल्न नसकिएको आगलागी पीडित राईले बताउनुभयो ।

पसलमा भएको आगलागीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “रातको समयमा आगलागी भएकाले अहिलेसम्म पुष्टी भएको छैन ।” उहाँले भन्नुभयो, “घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले अनुसन्धानका लागि टोली परिचालन गरिएको छ ।”

घर तथा पसल आगलागी भएपछि पाँच जनाको राई परिवारको बिचल्ली भएको प्रहरीले जनाएको छ । बिचल्लीमा परेका आगलागी पीडित परिवारको लागि टहरा निर्माण गर्ने तयारी गरिएको स्थानीयले जनाएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post