sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » भारतीय नाकाबन्दीले विकास निर्माणको काम ठप्प

मंसिर । भारतीय नाकाबन्दीले इन्धन तथा निर्माण सामाग्री आयात नहुँदा जिल्लामा सञ्चालित सबै प्रकारका विकास निर्माणको काम ठप्प भएको छ । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण डिजेल, पेट्रोल तथा निर्माण सामाग्री आयात नहुँदा जिल्लामा सञ्चालित साना तथा ठूला सबै प्रकारका विकास निर्माणको काम ठप्प भएको हो । 

जिल्लामा सञ्चालित योजनाका लागि भण्डारण गरिएका इन्धन तथा निर्माण सामाग्री सकिएको र नाकाबन्दीले आयात गर्न नपाउँदा सबै काम रोकिएको निर्माण व्यवसायी संघ खोटाङका सचिव कृष्ण घिमिरेले बताउनुभयो । “जिल्लामा वर्षाद्को समयलाई मात्र आवश्यक सामाग्री ढुवानी गर्ने गरिन्थ्यो ।” उहाँले भन्नुभयो, “वर्षाद् सकिने बित्तिकै नाकाबन्दी सुरु भयो, त्यसैले इन्धन तथा निर्माण सामाग्री ढुवानी गर्न नपाउँदा सबै काम रोकिएको हो ।”

इन्धन तथा निर्माण सामाग्री नहुँदा जिल्लामा सञ्चालित सानाठूलागरी अरबौंको योजनाका काम रोकिएको जनाइएको छ । नाकाबन्दीले योजनाका काम रोकिँदा आफूहरुलाई पनि करोडौंको घाटा भएको ठेकेदार कम्पनीहरुले बताएका छन् ।  

जिल्लामा सञ्चालित सडक कालोपत्रे, पक्की पुल तथा भवन निर्माण लगायत विकासे योजनाका काम महिनादिन अघिदेखि रोकिएका छन् । सामाग्री अभावमा काम नभएपछि कतिपय कामदारहरु गाउँ पर्किएका छन् भने, केही बेँसीतिर पाकेका अन्नबाली थन्क्याउन झरेका छन् ।

इन्धन तथा निर्माण सामाग्री अभावमा विकास निर्माणका काम रोकिएपछि दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवारको विचल्ली भएको छ । नाकाबन्दीका कारण सामाग्री नभएपछि आफूहरुले महिनादिनदेखि काम नपाएको ज्यालादारीमा काम गर्दै आएका खार्मीका भक्तबहादुर राईले बताउनुभयो । 

जिल्लामा आवश्यक इन्धन तथा निर्माण सामाग्री आयात गर्न प्रशासनको तर्फबाट पहल गरीरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताउनुभयो । “नाकाबन्दीका कारण जिल्लामा ठूलो समस्या सिर्जना भएको छ ।” उहाँले भन्नुभयो, “इन्धन र निर्माण सामाग्री मात्र नभइ दैनिक उपभोग्यवस्तुको समेत हाहाकार हुने अवस्था आएको छ, त्यसैले प्रशासनको तर्फबाट हुनेसम्मका ठाउँहरुमा पहल गरिरहेको छु ।”



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post