sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » जयरामघाट बेलीब्रिज सञ्चालनमा, अब सिँधै दिक्तेल जान सकिने

 खोटाङ १४ मंसिर । खोटाङ र ओखलढुंगाको सिमाना दुधकोशी नदीमा अवस्थित काठमाडौंबाट दिक्तेल जोड्ने सडकखण्डको जयरामघाट बेलीब्रिज पुल सञ्चालनमा आएको छ ।

नदीमा पानीको मात्रा घटेपछि वर्षाको समयमा झिकिएको बेलीब्रिज पुल पुनः अस्थायी रुपमा सञ्चालनमा आएको हो । पुल बनेसँगै अब राजधानी तथा अन्य क्षेत्रबाट खोटाङसम्म सिँधै आवतजावत गर्न सकिने भएको छ ।
यसअघि राजधानीबाट जाने यात्रुवाहक तथा मालबाहक साधन खोटाङ र ओखलढुंगाको सिमानामा अवस्थित दुधकोशी नदीसम्म मात्रै पुगेर फर्कने गरेका थिए । 
अब भने सिँधै दिक्तेलसम्म नै पुग्न सकिने छ । बेलिब्रिज पुल बनेपछि पूर्वको प्रसिद्ध धार्मिक स्थल हलेसीको दर्शनमा जाने दर्शनार्थीलाई समेत राहत मिल्नेछ ।
अस्थायी बेलिब्रीज सञ्चालनमा आएपछि सोमबार बिहानदेखि सदरमुकाम दिक्तेलबाट राजधानी काठमाडौं, उदयपुरको कटारी लगायत ठाउँकालागि सिधा यातायात सेवा सुरु भएको छ । 

बेलिब्रीज सञ्चालनमा आएपछि जिल्लाबाट शहर जानआउन तथा दैनिक उपभोग्यवस्तु ओसार÷पसार गर्न सहज भएको खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ । हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रीज वर्षा लागेपछि र नदीमा पानीको बहाव बढेसँगै झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ । तोकिएको समयमा जयरामघाटको मोटरेबल पुल बन्न नसकीरहेको अवस्थामा जयराममा अस्थायी बेलिब्रीज सञ्चालनमा ल्याइएको हो । 
जयराममा निर्माणाधिन पक्की पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन सकेको छैन । 
दुधकोशीमा पुल निर्माण कार्य सुस्त गतिमा भईरहेको छ । पुल निर्माण कार्य सम्पन्न नहुँदा जिल्लाबासी तथा जिल्लासम्म पुग्नेहरुले मार खेप्दै आएका छन् । पछिल्लो पटक भारतीय नाकाबन्दीले दुधकोशीको पुल निर्माण कार्य समेत इन्धन अभावका कारण प्रभावित बनेको छ ।
सबै तस्बीर यसअघि वर्षा सुरु हुन अगाडी बेलीब्रिज सञ्चालन भईरहेको अवस्थाका हुन् । तस्बीरः टेनिस रोका

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post