sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » अनुगमनपछि प्रशासनद्धारा ‘एक्सपायर’ समान जफत

खोटाङ, मंसिर १२ । जिल्ला प्रशासन कार्यालय खोटाङले दिक्तेलका चार पशलबाट ‘एक्सपायर’ समान जफत गरको छ । 

शनिबार गरिएको बजार अनुगमनकाक्रममा प्रशासनले भगवान स्टोर्सबाट ३ बोतल अरेन्ज जुस, रुषा स्टार्सबाट ४ प्याकेट पासपार्ट बिस्कुट, आरजे सप्लायर्सबाट २० प्याकेट कोकोनट बिस्कुट र हृदयस ट्रेडर्सबाट मिती गुज्रेका १२ थान पोल्डस क्रिम पाउडर जतफ गरेको हो । सदरमुकाम दिक्तेलको रत्नपार्क–पुरानो बेसक्याम्पबीचका १४ वटा किराना तथा खुद्रा पशलमध्ये चार एक्सपायर भएका थोकबस्तु जफत गरिएको प्रशासनले जनाएको छ । 

बजार अनुगमनकाक्रममा अधिकांश पशलमा सामानको स्टक रित्तिदैगएको, सामानको मूल्यामा भारी बृद्धि हुँदैगएको, दिक्तेलबजारका अधिकांश पशलमा मूल्यासूची नराखेको पाइएको प्रशासनका नासु रबिन मगरले  हाम्रोखोटाङ डटकमलाई जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमाल नेतृत्वको अनुगमन टोलीले डिजेल तथा पेट्रोलका तीन वटा प्याक डिलरमा समेत अनुगमन गरेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post