sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » खोटाङमा ‘हेलीकोभर्पा’ले कोदो सखाप

खोटाङ, १३ मंसिर । खोटाङमा ‘हेलीकोभर्पा’ नामक किराको प्रकोपबाट पाक्न लागेको कोदो सखाप भएको छ । हरियो, कफी र हल्का रातो रंगको बिनासकारी लार्भाले जिल्लाका सयौं हेक्टरका टिप्ने बेलाको कोदो बिनास गरेको हो ।

गत कार्तिक पहिलो हप्तायता देखा परेको ‘हेलीकोभर्पा’ नामक किराको प्रकोपका कारण छोटो समयमै दक्षिणी गाबिस बोपुङ, डम्बर्खुशिवालय, काहुले, बाँझेच्यानडाँडा लगायत सदरमुकाम दिक्तेलमै लगाइएको कोदो नाश गरेको किसानको भनाई छ ।

कोदोमा महामारीकारुपमा फैलिएको लार्भाको परिक्षणपछि ‘हेलीकोभर्पा’ भएको पूष्टि भएको जिल्ला कृषि बिकास कार्यालय खोटाङका बाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठले बताउनुभयो । प्रकोपकारुपमा देखा परेको लार्भाको पहिचानकालागि कृषि कार्यालयले किराको तस्बिर बाली संरक्षण निर्देशनालयमा पठाएको थियो । कोदो, मकै लगायतका अन्नमा फाट्टफुट्ट मात्र देखिने ‘हेलीकोभर्पा’ यसपल्ट महामारीकारुपमा देखा परेको र्काालयले जनाएको छ ।

‘हेलीकोभर्पा’ले फौजी किराले सरह कोदो बालीमा आक्रमण गरेको छ । पाक्न लागेको कोदोको बालाभित्र लार्भा किरा बसेर फल खाइसक्ने र पुःन अन्य बालामा सर्दै कोदो नास गर्ने गरेको बोपुङस्थित सिंहदेबी कृषि समुहका सचिव राजकुमार बस्नेतले बताउनुभयो । कोदोको प्रत्येक बालामा तीन÷चार वटासम्म किरा भेटिने गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post