sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » स्कुल बनाउन खोटाङका युवाहरुद्धारा प्रवासमा रकम संकलन सुरु

मंसिर १४ काठमाडौं । नजिकिर्दै गरेको अङ्ग्रेजी नयाँ वर्षको अवसरमा खोटाङका युवाहरूले स्कुल निर्माणका लागि आर्थिक सहयोग संकलन सुरु गरेका छन् । 

रोजगारिको शिलसिलामा प्रवासमा रहेका दर्जन भन्दा बढी युवाले एकैसाथ नवज्योति प्रावि नुनथला ८ गैरीलाई आर्थिक सहयोग संकलन सुरु गरेका हुन् ।

खोटाङ जिल्लाभरिका तथा सहयोगी मनहरुलाई फेसबुक ग्रुप च्याटबाट एकजुट बनाई करिब दुई महिना अघिदेखी उक्त सहयोग रकम संकलन भएको हो । 

पत्रकार तथा सन्चारकर्मी चिसाङ शेर्पाको पहलमा फेसबुक ग्रुप च्याटमार्फत मलेसियादेखी सहयोग रकम उठाउन सुरु गरिएको अभियान कतार, साउदी, दुबई लगायतका मुलुकमा सन्चालन भइरहेको बताइएको छ ।

हालसम्म ६३ हजार आठ सय ७५ रुपैयाँ संकलन भइसकेको र अन्य रकम पनि संकलन भईरहेको छ । उक्त रकम वैशाख १२ गते गएको महाभुकम्पले चर्काएको ठाँउ मर्मत, शैक्षिक तथा खेलकुद सामग्री खरिद, शिक्षक तलब भत्ता ब्याबस्थापन र शैक्षिक तथा विद्यार्थीमुखी चेतनामूलक कार्यक्रम संचालनमा सदुपयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तामाङले बताए ।

शिक्षाजस्तो संबेदनसिल क्षेत्रमा सबैलाई सहयोग गर्न र समाजसेवाप्रती सबैको ध्यानाकर्षण गराउनको निमित्त फेसबुकमार्फत सबैलाई अनुरोध गरिएको कतार अभियानका अभियानकर्ता रबिन शेर्पाले बताए ।

नेपालमा अङ्ग्रेजी बर्षको खास महत्व नभए पनि विदेशमा छरिएर रहेका सबैलाई अभियानले एकै सुत्रमा बाँध्न प्रेरित गर्नुका साथै अभियानले भाईचारा,सद्भाव जस्ता मानवीय संस्कार उजागर गर्ने अभियानका अर्का अभियान्ता राजन गुरुङले बताए ।

अभियानमा सामेल हुन तथा सहयोग गर्न चाहानु हुनेहरूले मलेसियामा चिसाङ शेर्पा र कतारमा रबिन शेर्पासँग समन्वय गर्न सकिने समेत गुरुङले जानकारी दिए ।

आगामी डिसेम्बर अन्तिम सम्ममा संकलित सबै रकम एकमुष्ट स्कुलको खातामा जम्मा गरिने अर्का अभियान्ता दोर्ची शेर्पाले बताए ।

२०६५ सालदेखि संचालनमा रहेको प्राबिमा हाल तीन जना शिक्षक तथा तीन कक्षासम्म पठनपाठन भइरहेको छ ।

अभियान्ताहरुले हाम्रो खोटाखोटाङ डटकमलाई दिएको जानकारी अनुसार नवज्योति प्रावि नुनथला ८ खोटाङ गैरीका सहयोग व्यक्तिहरुमा गर्नेहरुमा:

यामकुमार तामाङ- १५ हजार
रविन शेर्पा- १३ हजार 
मालक्ष्मी थुलुङ- १ हजार १ सय २५
चिसाङ शेर्पा- १० हजार
राजन गुरुङ- १० हजार 
पेमा लामा- ६ हजार
संयोग शेर्पा- ३ हजार ७ सय ५०
 दोर्ची सेर्पा- ३ हजार
रमेश पहाडी- २ हजार
सुर्यकुमार राई- १५ सय 
               लगायत रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post