sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » गैसस महासंघको केन्द्रीय सदस्यकालागि रिजालको उम्मेदवारी

खोटाङ, मंसिर–८, खोटाङका गैससकर्मी दिपनारायण रिजालले गैरसरकारी संस्था महासंघको केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिनुभएको छ ।

२० वर्षदेखि निरन्तर सामाजिक सेवामा समर्पित रिजालले मंसिर–६ गतेदेखि काठ्माण्डौंमा जारी महासंघको महाधिबेसनमा केन्द्रीय सदस्य पदकालागि उम्मेदवारी दिनुभएको हो । गैससको अभियानका विषयमा स्पष्ट बुझाई तथा यसको अभियानलाई नयाँ उचाई र दिशा दिन सक्ने उदघोषकासाथ रिजाल महासंघको केन्द्रीय सदस्यकालागि मैदानमा उत्रिनुभएको हो ।

गैससमहासंघ खोटाङका पुर्वअध्यक्ष एबं बालसेवा समाज नेपालका अध्यक्ष रहेका रिजाल जिल्लामा सामाजिक अभियान्ता, ग्रामिण बिकासका विज्ञ, प्रष्ट बक्ता, उत्कृष्ट सहजकर्ता, गैससका सवाललाई स्पष्ट र बलियोतरिकाले प्रस्तुत गर्ने व्यक्तीकारुपमा परिचित छन् । २० वर्षदेखि जिल्लामा बसेर सामाजिक अभियानमा क्रियासिल रहेकै कारण रिजाल मंसिर–२ गते राष्ट्रिय ग्रामिण बिकास पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

नेर्पा–३ का रिजालले नेतृत्व गरिसकेको गैसस जिल्ला शाखाले यसपल्ट गैससमहासंघ केन्द्रीय समितिले अधिबेसनकैक्रममा सोमबार पुर्वाञ्चलमै उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post