sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गैससकर्मी रिजाललाई राष्ट्रिय ग्रामिण विकास पुरस्कार

खोटाङ ४ मंसिर । खोटाङका गैससकर्मी दिपनारायण रिजाल राष्ट्रिय ग्रामिण बिकास पुरस्कारबाट पुरस्कृत भएका छन् ।

२० वर्षयता सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप नेर्पा निबासी रिजाल पुरस्कृत भएका हुन् ।
नेपाल चेतना केन्द्र अर्घाखाँचीले सामाजिक अभियान्तालाई प्रदान गर्दैआएको पुरस्कारबाट यसपल्ट मंसिर–२ गते रिजाल पुरस्कृत भएका हुन् ।
गैससमहासंघका पुर्व जिल्ला अध्यक्ष एबं बालसेवा समाजका अध्यक्ष रहेका रिजाललाई रिपोर्टर्स क्लवको कार्यालय काठमाण्डौंमा कार्यक्रम गरी पुरस्कृत गरिएको केन्द्रले जनाएको छ । उनलाई उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी र पुर्वशिक्षा मन्त्री बालकृष्ण खाणले नगद २५ हजारका साथमा सम्मानपत्र प्रदान गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post