sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » रक्सीले मातेका दुई छोराद्धारा वृद्ध बुबामाथि कुटपिट

खोटाङ, कात्तिक । रक्सीले मातेका छोराहरुले खोटाङमा वृद्ध बुबालाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । बाँझेच्यानडाँडा–२ का ६६ वर्षीय जसबहादुर राईलाई उहाँका छोराहरु जयकुमार र शुकराज राईले गएराति कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

घाइते जसबहादुरको जिल्लामा उपचार सम्भव नभएपछि धरानस्थित घोपा क्याम्प लगिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार छोराहरुको कुटाइबाट घाइते जसबहादुरको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गाउँमा रक्सी सेवन गरेर आएका जयकुमार र शुकराजले सामान्य विवादमा बुबामाथि लाठीमुङ्ग्री गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ । छोराहरुको कुटपिटबाट जसबहादुरको शरीरको विभिन्न ठाउँमा निलडाम रहेको जनाइएको छ । 

बुबालाई कुटपिट गरी फरार रहेका जयकुमार र शुकराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई हिरासतमा राखेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post