sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सचिव गाउँ नजाँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

खोटाङ, १२ मङ्सिर । जिल्लाको दक्षिणी गाविस छितापोखरीका लक्षित वर्गले पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । 
गाविस सचिव गाउँ नगएपछि लक्ष्यीत वर्ग अन्तरगत ज्येष्ठ नागरिक, एकल महिला, ६० वर्षमाथिका दलित, पाँच वर्षमुनिका दलित बालबालिका, अपाङ्ग लगायतले गत दशैंअघि पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म नपाएका हुन् । 
गाविस सचिव सोमप्रसाद आचार्यले साउनदेखि कात्तिकसम्मको सामाजिक सुरक्षाभत्ता निकासा गरेपनि अहिलेसम्म वितरण नगरेको स्थानीय युवराज तामाङले बताउनुभयो । “गाविस सचिव गाउँ नै आउँदैनन् ।” उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता त के, नागरिकताको सिफारिस लिनसमेत सदरमुकाम पुग्नुपर्ने अवस्था छ ।”
सदरमुकाम दिक्तेल बस्दै आएका सचिवले फोनसम्म नउठाउने गरेको स्थानीय नरेन्द्र राईले बताउनुभयो । “दुई दिन लगाएर सचिव भेट्न सदरमुकाम पुग्यो ।” उहाँले भन्नुभयो, “पटकपटक फोन गर्दासमेत नउठाएपछि घरसम्म पुग्नुपर्ने अवस्था छ ।”
सचिव आचार्यलाई तत्काल बोलाएर यथार्थ बुझ्ने स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । “तोकिएको जिम्मेवारी पूरा गर्नु कर्मचारीको कर्तव्य हो ।” उहाँले भन्नुभयो, “यदि पूरा गरेको छैन भने, उनीमाथि कारबाही हुन्छ ।”
विविध कारणबस आफू समयमा गाविस पुग्न नसकेको सचिव आचार्यले स्वीकार गर्नुभयो । “आफू गाविस नगएपनि सेवाग्राहीको काम रोकिएको छैन ।” उहाँले भन्नुभयो, “भत्ता वितरणको काम भने केही ढिला भएको छ, अब तत्काल गएर वितरण गर्छु ।”
सचिवले काम नगरेपछि यसअघि गाविसवासीले आचार्यलाई हटाएर अर्को व्यक्ति पठाउन माग गर्दै जिल्ला विकास समितिमा निवेदन दिएका थिए । आचार्य भने राजनीतिक आडमा गाविस नै नगइ सोही गाविसको जिम्मेवारी लिएर बसिरहेको स्रोतको दावी छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post