sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » आगो निभाउने भन्दा फोटो भिडियो खिच्नेको भिड

टिप्पणी
बिहीबार दिउँसो करिब ३ बजे दिक्तेल नगरपालिका रत्नपार्कस्थित हिरालाल पुरीको घरको पसलबाट एक्कासी आगो सल्कियो । केही समयपछि आगो नियन्त्रणका लागि दमकल त पुग्यो तर तयारी अवस्थामा नगरपालिकाले दमकल नराख्दा आगलागीबाट ठूलो क्षति भयो । आगलागीबाट ५ घर जलेर पूर्ण नष्ट भएका छन् । लाखौँको क्षति भएको छ । नगरपालिकाले दमकल पानी भरेर तयारी अवस्थामा राखेको भए ठूलो क्षति नहुने प्रत्यक्षदर्शी स्थानीयहरु बताउँछन् । आगो निभाउन गएको दमकलमा पानी नहुँदा आगो पुरीको घरबाट अन्य घरमा पनि सल्किएर ठूलो क्षति भएको हो ।

आगो नियन्त्रणमा लिन पानी बिनाको दमकलको काम नभएपछि स्थानीयहरुले घर घरबाट पानी लिएर आगो नियन्त्रण गर्न सहयोग पुर्याएका थिए । तयारी हालतमा नरहेको दमकल सुरुमा केही समय घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्न सुरु गर्दा पानी सकिएको थियो । पछि पुनः पानी भरेर आगो नियन्त्रणमा प्रयोग गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको पहलमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । स्थानीयहरुको भई परी आउने यस्ता हरेक कामका लागि सम्बन्धित निकाय जहिल्यै तयारी हालतमा बस्नुपर्ने बताएका छन् ।

आगो निभाउने भन्दा फोटो भिडियो खिच्नेको भिड
घरहरु आगलागीबाट बलिरहँदा स्थानीयहरुले आगो नियन्त्रणमा लिन ठूलै सहयोग गरे । तर, त्यहाँ आगो निभाउन सहयोग गर्नेको अलवा आफ्नो मोबाइल झिकेर फोटो र भिडियो खिच्नेहरुको जमात झनै ठूलो थियो ।  
यस्ता घटना पुनः नघटोस्, जहिल्यै सतर्कता अपनाउनुपर्छ भनेर मिडियाले फोटोसहित आगलागी लगायतका घटना दिने गर्दछन् । पछिल्लो पटक प्रविधिको विकासले सबैको हातहातमा क्यामेरावाल मोबाइल पुग्दा आगो निभाउने जस्ता महत्वपूर्ण जिम्मेवार काम बिर्सेर फोटो भिडियो खिच्ने जमात बढीरहेको छ । दिक्तेलमा समेत यस्तै दृश्य देखियो । केहीले भने आगो नियन्त्रण गर्ने भन्दा फोटो भिडियो खिच्ने धेरै भएको भन्दै व्यंग्य समेत गरेका छन् । युवायुवती नै आगो नियन्त्रणमा लाग्नुको सट्टा एउटा हातमा मोबाइल ठर्याएर फोटो भिडियो खिच्नु लज्जास्पद कार्य भएको उनीहरुको तर्क छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post