sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » 'ए त्यो केटाहरु दोर्पाको अरे' !

एलबी चाम्लिङ/स्मृती
                                             सम्झनामा डा.स्वामी प्रपन्नचार्य  

मैले वच्चामा खोटाङको दोर्पा चिउरीडाँडा गाविसमा पर्ने दोवेलाको एकजना राई ठुलो विद्धान हुनुभएको छ भन्ने चर्चा सुनेको हुँ । मैले सुनेअनुसार उहाँ पण्डित हुनुहुन्छ । उहाँ प्रपन्नाचार्यको नामले प्रख्यात हहुनुहुन्छ भन्ने चर्चा हुन्थ्यो । मलाई राई समुदायवाट कसरी पण्डित हुन सकिएला भन्ने लागिरह्यो । गाउँका बौद्धिक मान्छेले मलाई फुर्सदमा भेट्न जाँदा हुन्छ भन्नुहुन्थ्यो । मलाई त्यहिवेलादेखि स्वामी प्रपन्नाचार्य सँग भेट्ने तिव्र ईच्छा मनमा पलायो । काठमाडौँको पशुपति माथि किरातेश्वर तिर भेटिनुहुन्छ भनेको सुनेको थिएँ ।
     बेलावखत प्रपन्नाचार्यको चर्चा गाउँघर तिर घुम्दा सुनेको थिएँ ।सायद मेरो मनमा उहाँ आदर्श पुरुषको दर्जामा  दर्ज भईसकेको हुनुपर्छ !

                                            ––                                   ––

    म काठमाडौँ धेरै पटक पुगेँ डा.स्वामी प्रपन्नाचार्यको नाम सुनेपछि । तर म गाउँवाट काम विशेषले मात्र काठमाडौँ जाने मान्छेले कहाँ भेट्नु र स्वामी प्रपन्नाचार्यलाई । तर मैले हरेक काठमाडौँको हिँडाईमा घरवाट नै प्रपन्नचार्यलाई भेट्ने तिव्र ईच्छालाई पालेर हिँडेकोे हुन्थेँ । काठमाडौँमा चिनेजानेकालाई उहाँको ठेगानाको वारेमा सोध्थेँ । पशुपतिवाट माथिको जंगलतिर जानुपर्छ भन्ने उत्तर पाउँथेँ ।मेरो कल्पनामा मृगस्थलि काठमाडाँैकै ठुलो पहाड हुनुपर्छ भन्ने थियो । म आफैँ पुग्न नसक्ने अनि मलाई कसले पु¥यादिने र मृगस्थलि !
    २०७० श्रावणमा काठमाडाँै जाने अवसर जु¥यो । काम कार्यालयको नै थियो तर यो पटक पनि प्रपन्नचार्य भेट्ने ईच्छा त छँदैथियो । खोटाङको लामिडाँडावाट हामी प्लेनमा काठमाडाँैमा गयौँ । साथमा हुनुहुन्थ्यो चित्र कार्की सर । उहाँ सँगको मेरो पहिलो यात्रा पहिलो थियो तथापि अविस्मरणय रह्यो !
     अफिसियल काम सकिएको दिन २०७० श्रावण ३१ गत्ते फुर्सद भएँ । फुर्सदमा घुम्न दाई अदित राईलाई बोलाएँ । र, पशुपति क्षेत्रतिर लाग्यौँ घुम्न । घुम्दै जाने क्रममा दाईले यो मृगस्थली हो भनेर सुनाउनुभयो । म मृगस्थली पुगेकोमा हर्षित भएँ । मैले स्वामी प्रपन्नाचार्य भेटेर मात्र जाने भन्न थालेँ । तर उहाँ कहाँ बस्नुहुन्छ भन्ने कुरा थाहा थिएन । हामीले बाटोमा पसल थापेर बस्ने पशलेकोमा नरिवलको चोईटा किनेर खायौँ । खानु रहर थिएन । तर केहि किनेर खाएपछि पसले सँग वोल्ने वाटो हुने सोचेर किनेका थियौँ । यो पसलेलाई प्रपन्नाचार्य वसेको ठाउँ पक्कै थाहा हुनुपर्छ भन्ने हाम्रो ठम्याई थियो । नरिवलको चोईटा टोक्दै हामीले उक्त पशलेलाई डा.स्वामी प्रपन्नाचार्य भेटिने स्थानको वारेमा जिज्ञासा राख्यौँ । उसले पनि सोझै वतायो । भन्यो “अझै माथि डाँडामा पुग्नुपर्छ । चन्दे्रश्वर सतलमा वस्नुहुन्छ । डाँडामा पुगेपछि मन्दीर हरु पनि भेटिन्छन । एउटा ठुलो घर छ  वायाँ तिर । कम्पाउण्डवाला घर छ ।”
    अब हामी स्वामी प्रपन्नाचार्य भेट्ने पक्का पक्की भएको ठानेर खुसी भयौँ । तर त्यो पशलेले फेरी कुरा थप्दै भन्यो “मलाई लाग्छ आज तपाईँहरु उहाँलाई भेट्नुहुन्न । किनकी भेट्ने समय सकियो । निश्चत समयमा मात्र भेट्न सकिन्छ । अहिले त उहाँ भित्र गईसक्नुभयो ।” पशलेको दोश्रो कुराले भने हामीलाई निरास बनायो ।
    अब के गर्ने ? दाईले सोध्नुभो मलाई । स्वामी बसेको घरसम्म मात्र भए पनि हेरेर जाने ईच्छा व्यक्त गरेँ मैले । लगभग साँझको छ बजिसकेको थियो । हामी हतार हतार लम्कँदै डाँडातिर लाग्यौँ । हामीले एउटा ठुलै घर देखेर यो नै प्रपन्नाचार्य बसेको घर हो भन्ने अनुमान ग¥यौँ । बाहिरको गेट खुला नै थियो । भित्री घरको गेट बन्द हुने रहेछ । गेटमा ताला नै लगाएको थियो । छेउमै भेट्ने समय तालिका थियो । तालिका अनुसार झण्डै हामी २ घण्टा ढिला गरि पुगेका रहेछौँ । हामी केहिवेर बाहिर उभियौँ । माथिल्लो तलामा स्वामी प्रपन्नाचार्य वस्नुहुँदो रहेछ । हामीले प्रपन्नाचार्य वोलेको सुन्यौँ । मनैदेखि गर्वानुभुती भयो ।
     हामीले स्वमी प्रपन्नाचार्य बसेको घर देख्यौँ । बोलेको सुन्यौँ । त्यतिमा मात्र हामी सन्तुष्ट भएनौँ । मेरो मनमा पर्खेर भए पनि प्रपन्नाचार्यलाई देखेर जाने दृढ ईच्छा थियो । भोलिपल्ट भेट्न सम्भव थिएन । किनकी विहान ८ वजे लामिडाँडाको लागि फ्लाईट थियो ।
   म र अदित राई (दाई) ले निकै वेर प्रपन्नाचार्यको बुढ्यौली श्वरमा सहयोगीहरु सँग कुरा गरेको सन्यौँ । ढिला गरि बोल्दै काम अह्रायको सुन्यौँ । र अन्त्यमा सहयोगीलाई बोलाउने निर्णय ग¥यौँ । मैले दाईलाई भनेँ “अब भेट्ने समय सकिएछ ! हामीले खोटाङको दोर्पा चिउरीडाँडाको दोवेलाबाट आएका हौँ भन्नुपर्छ । पुख्र्यौली थलोको मान्छे भनेपछि बोलाउन सक्नुहुन्छ । यो नै प्रपन्नाचार्यलाई देख्ने अन्तिम उपाय हो ।”
     हामीले प्रपन्नाचार्यलाई सहयोग गरेर बस्नुभएको सहयोगीलाई बोलायौँ । भेट्न चाहेको कुरा सुनायौँ । तर उहाँले समय सकिएकाले भेट्न नमिल्ने कुरा गर्नुभो । मैले हामी उहाँको पुख्र्यौली थलो खोटाङको दोर्पा चिउरीडाँडा गाविसबाट आएको र भेट्न चाहेको कुरा सुनाईदिन भन्यौँ । भोलि बिहान ८ बजे खोटाङको लामिडाँडाको लागि फ्लाईट रहेकाले आजै भेट गराईदिन अनुरोध ग¥यौँ । मेरो अनुरोधलाई स्वीकार्दै उहाँको सहयोगीले माथि प्रपन्नाचार्यलाई हाम्रो कुरा हुवहु सुनाईदिनुभयो । माथि भएको बार्तालाप हामीले उत्सुकतापुर्वक सुन्यौँ । उहाँलाई हामीले भेट्ने र नभेट्ने भन्ने अन्तिम निर्णय अब उहाँबाट नै हुनेवाला थियो । त्यसकै प्रतिक्षामा रह्यौँ ।
   केहिवेरको कुराकानी पछि प्रपन्नाचार्यले भोलि आउन भनिदिनु भन्नभयो । हामी निरास भयौँ । अब त्यहि खबर लिएर सहयोगी आउनेवाला थियो । हामी रात पनि परेको र भोलि आउनु भन्ने वचनले अब भेट्न सकिन्नँ भन्नेमा पुग्यौँ र गन्तव्यमा जानका लागि तयार भयौँ । उहाँको सहयोगी आउनु भयो र औपचारिक रुपमै उहाँको शन्देस सुनाउनुभयो । हामी उहाँको वचनलाई शिरोधार्य गर्दै बाहिरिन थाल्यौँ ।
    हामी लगभग बाहिरी गेट छेउ आईपुग्दा उहाँहरुको वार्तालाप सुन्यौँ । प्रपन्नाचार्यले भन्नभो “ए त्यो केटाहरु दोर्पाको अरे । को रहेछ बोलाउ त ।” हामी झस्क्यौँ । फेरी एक्कासी हामी हिँडिसकेको मान्छेलाई किन बोलाउनुभयो ? भन्ने लाग्यो । उहाको सहयोगीले फेरी वोलाउनुभयो । हामी भित्रि गेट छेउमा फर्केर पग्यौँ । अघि जति कुराकानी भयो ताला लगाएको फलामको गेटको हामी वाहिर र उहाँको सहयोगी भित्र भएर नै कुराकानी भएको हो । अनि पहिलो पटक डा.स्वामी प्रपन्नाचार्य भेट्नका लागि फलामको गेटमा लगाएको ताला हाम्रो लागि खुल्यो । हामी खुसी भयौँ । हामी भित्र छिरिसकेपछि ड्याम्म फलामे गेटमा ताला लगाउँदै उहाँको सहयोगी पनि हाम्रो पछि पछि आउनुभयो ।


             ––                                         ––                               ––

   हामी माथिल्लो तलामा चढिसकेपछि प्रपन्नाचार्यलाई देख्यौँ । नमस्कार ग¥यौँ । उहाँले हामीलाई आउ भन्नुभयो । हामी नजिकै गएर बस्यौँ । उहाँले अझै नजिक आउन भन्नुभयो । मैले कल्पना गरेको भन्दा फरक देखेँ मैले उहाँलाई । बुढ्यौलीले छोएको शरीर त्यसमाथि अक्सिजनाको लामो पाईपबाट माक्स लगाउनु भएको थियो ।
    उहाँले गाउँको बारेमा सोध्नुभयो । गाउँको केहि मान्छेहरु पनि सोध्नुभयो । जो पहिल्यै मरिसकेका थिए । हामीले जानेसम्मको जानकारी दियौँ । उहाँले चाख मानेर सुन्नुभयो । उहाँले मलाई केहि गर्वलाग्ने कुरा समेत भन्नुभयो ।
        “म खोटाङको दोर्पाको दोवेलामा पुख्यौली थलो भएको दोवालिछा राई हुँ । हाम्रो दोवालिछा दाजुभाई अझै दोर्पामा हुनुहुन्छ ।” यो कुराले मलाई गर्वको अनुभुति भयो । आफ्नो गाउँसँग नाम जोडिएको राईको छोरा बेदको विद्धान हनु चानचुने कुरा थिएन । राईले वेद पढ्नु हुँदैन भन्नेमात्र सुनेको मान्छे हुँ । राईहरु पनि वेदमै विशिष्टता हासिल गर्न सक्छन भन्ने सत्यको प्रथमपटक प्रत्यक्षदर्शी हुँदै थिएँ । अर्को कुरा उहाँको वारेमा जति कुरा आए पाँचथर सँग नाम जोडिएको पाएको छु । पत्रपत्रिकाले पनि पुख्र्यौली थलो पाँचथर नै लेखेको छ । उहाँको गुमनाम पुख्यौली थलोबाट उहाँलाई भेट्न पुगेको थिएँ । र उहाँले प्रष्ट शव्दमा म दोर्पा दोवेला पुख्यौली थलो भएको दोवालिछा राई हुँ भन्नुभएको थियो ।
        “हेर केटा हो तिमिहरु साईनो केलाउँदा पनाती तिर पर्छौ कि अर्झै तल पर्छौ । तर जिवनमा कहिले पनि सफल हुने काम नगर्नु । असल हुने काम गर्नु । सफल हुन खोज्ने मान्छे जहिल्यै धोकेवाज हुन्छ । तर असल हुने मान्छेले कहिल्यै धोका दिँदैन ।” यो कुराले मलाई रन्थन्यायो । मलाई ठुलावडाले आशिर्वाद दिँदा सफल हुनु भन्नुहुन्थ्यो । उहाँ एक यस्तो व्याक्ति भेटिनुभयो जसले मलाई पहिलो पटक सफल हुने काम नगर भन्नुभयो ।
     “संस्कृत र संस्कृत साहित्यलाई पढ्न र वुझ्न ईन्कार नगर । संस्कृत लोप हुँदैछ । यसको किताव खोजि गरेर पढ् । किनकी यो जेठो भाषा हो । तिमि ईतिहासवारे कुरा गर्छौ भने संस्कृत नजानी के ईतिहासको कुरा गर्छौ ? त्यो तिमिले दिएको ईतिहासको व्याख्या एउटा धोका मात्र हो । किनकी सारा ईतिहास संस्कृतमा लेखिएका छन । अरु भाषामा त पछि लेखिएका हुन । मुलग्रन्थ नपढी सत्यको नजिक पुग्न  सकिन्नँ ।” कक्षा ६ मा चार÷पाँच महिना संस्कृत पढेको हुँ । ज्यादै गाह्रो लाग्ने भाषा थियो । प्रष्ट उच्चरण गर्न नसक्दा थप्रै गरुको पिटाई खाईन्थ्यो । संस्कृत हटेकोमा खुसि नै भएँ त्यसवेला । तर प्रपन्नाचार्यको कुरा सुनेपछि सम्झेँ ‘सयौँ र हजारौँ वर्ष पुरानो ग्रन्थ त संकृतमा पो लेखिएको छ ।’
     “अध्यायनलाई सँधै निरन्तरता दिनुपर्छ । म ३० बर्षको हुँदा कखरा सिकेको मान्छे हुँ । तिमिहरुको उमेर भन्दा बढि उमेरमा मात्र मैले पढ्न थालेँ ।” यो कुरा यस अगाडी नै पुस्तक र पत्रपत्रिका चर्चा पढेको थिएँ । उहाँ स्वयमबाट सुन्दा कुरा मनन्योग्य लाग्यो ।
    यसरी हामीले स्वामीको आश्रममा लगभग तीन घण्टा समय वितायौँ । दाईले पनि मनमा लागेका जिज्ञासा राख्नुभयो । स्वामी प्रपन्नाचार्य विस्तारै वोल्नुहुन्थ्यो । नसुनेको कुरालाई मैले सुनिनँ फेरी भन भन्नुहन्थ्यो । हामी दोहो¥याएर जिज्ञासा राख्नुहुन्थ्यो । प्रत्येक जिज्ञासा राख्दा उहाँले हामिलाई केका लागि सोध्यौ भन्नुहुन्थ्यो । हामी यो वारे जान्ने ईच्छा भएर सोधेको भन्थ्यौँ अनि उहाँले जिज्ञासा मेटाईदिनुहुन्थ्यो ।
    स्वामी प्रपन्नाचार्यको साथमा वस्दा मेरो एउटा कुराले निकै मन छोएको थियो ।

डा. स्वामी प्रपन्नाचार्यसँग एलबी चाम्लिङ । फोटो: अदित राई
हामी पुगेको लगभग आधा घण्टापछि उहाँले त्यहि फ्लाटको अलिक पर रहेको धारा देखाउँदै सफा गरि हात धोएर आउन भन्नुभयो । त्यसपछि उसिनेको मकै दुई वटा थालमा राखेर छोडाउन दिनुभयो । अनि भन्नुभयो “केटा हो फटाही नगर्नु । एक थालको मकै अर्को थालमा नमिसाउनु ।” हामीले सोहि बमोजिम मकै छोडायौँ र उहाँलाई नै दियौँ । त्यसपछि उहाँले हाँस्दै मकैको दुवै भाँडोमा हातले छाम्नुभयो । विश्वास लागेपछि ठिक छ भन्नुभयो । अन्त्यमा यसको रहस्य बताउनुभयो “यो दुवै भाँडोमा भएको फरक हुन । एउटामा कलिलो मकै छ । अर्कोमा चामल पसेको मकै छ ।”

 त्यसपछि हामीलाई समेत मकै दिनुभयो । उहाँ सँगै बसेर मकै खायौँ । उहाँको यो व्यवहारले आत्मियता अनुभुत भयो । करीव ३ घण्टापछि हामी बाहिरियौँ । बाहिरिने बेलामा समेत उहाँले हामीलाई आशिर्वाद दिनुभयो । मनमा एकतमासको आनन्द उत्पन्न भयो । निकै ठुलो सपना साकार भए झैँ लागिरह्यो ।
                  ––                              ––                              ––
 २०७२ भाद्र ४ गत्ते प्रपन्नाचार्यको निधन भएछ ! मैले यो खवर भाद्र ५ गत्ते बिहान अनलाईन समाचार पढेर मात्र थाहा पाएँ । दैनिक खबर पढ्न म ल्यापटप र मोडेम वोकेर बार्दलीमा निस्किँए । समचार खोलेँ । मेरो आँखा डा.स्वामी प्रपन्नाचार्यको निधन भन्ने खबरमा अडियो । झसंग भएँ । निकै बेर सम्म दिमाग शुन्य जस्तो भयो । मनमनै सम्झे डा.स्वामी प्रपन्नाचार्य र सम्झेँ भेट्दाको उहाँको अर्ति उपदेशहरु । र भनेँ मनैदेखि “हार्दिक श्रद्धान्जली विद्धान डा.स्वामी प्रपन्नाचार्य !” 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post