sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » गोरुले हान्दा महिलाको मृत्यु

खोटाङ, पुस–१, जोत्न लगिएको गोरुले हान्दा खोटाङमा एक महिलाको मृत्यु भएको छ । श्रीमानले जोत्न लगेको गोरु छेक्नेक्रममा हान्दा दिक्तेल नगरपालिका–१ की ५० वर्षीया चन्द्रकुमारी खत्रीको मृत्यु भएको हो ।

मङ्गलबार दिउसो गोरुले हानेर गम्भीर घाइते बनेकी महिलाको उपचारकाक्रममा बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । खेत जोत्न बेसी लगिएको गोरु नार्न खोज्दा नमानेपछि छेक्नेक्रममा महिलालाई हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोरुले हाने लगत्तै बेहोस भएकी महिलाको शरीरमा चोट नदेखिएपनि भित्री असर परेको जिल्ला अस्पताल खोटाङले जनाएको छ । मृत महिलाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post