sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » फोन नलाग्ने समस्याले खोटाङेलाई हैरानी

खोटाङ, मंसिर २२ । खोटाङको हलेसीमा दैनिक बेलुकादेखि बिहानसम्म फोन नलाग्ने समस्यबाट उपभोक्ता हैरान भएका छन् । हरेक बेलुका ८ बजेदेखि भोलीपल्ट बिहान ८/९ बजेसम्म फोन नलाग्ने समस्यबाट स्थानीय उपभोक्ता हैरान भएका हुन् । 

नेपाल टेलीकमद्धारा बितरित स्काई तथा नमस्ते मोबाईल फोनको टावर जाने समस्यले महिनौंदेखि बेलुकादेखि बिहानसम्म हलेसीका उपभोक्ता सञ्चार सेवाबाट बञ्चित हुँदैआएका छन् । हलेसी–५ ककनीडाँडाँमा नेपाल टेलीकमको टावर राखिएको भएपनि रातीदेखि बिहानसम्म फोनको टावर नआउने, ‘नो सर्भिस’ देखाउने गरेको छ । मोबाईलबाहेक हलेसीमा बितरण गरिएको ल्याण्डलाईन फोनमा समेत सोही समस्या देखिएको स्थानीयको गुनासो छ ।

बेलुकादेखि बिहानसम्म फोन नलाग्ने समस्यले आपदविपदका समयमा स्थानीय सञ्चार सम्पर्कबाट बञ्चित बनेका स्थानीय शिक्षक नबीन चामलीङले जानकारी दिनुभयो । फोनमा आएको समस्यको मारमा स्थानीयबाहेक दर्शनकाक्रममा हलेसी आएका दर्शनार्थी समेत परेका छन् । महिनौंदेखिको समस्य भएपनि टेलीकमले यस विषयमा चासो नदेखाएको स्थानीयको गुनासो छ ।

नेपाल टेलीकमले भने टावरमा राखिएको व्याट्री डावन भएका कारण फोनमा समस्या आएको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post