sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हाट भर्न हिँडेका युवक सात दिनपछि मृत फेला

खोटाङ, पुस–१५, हाट भर्न गएर घर फर्किएका खोटाङका एक युवक सात दिनपछि मृत फेला परेका छन् । जिल्लाको उत्तरी गाविस फेदी–४ का २९ वर्षीय मनकुमार राई मङ्गलबार बेलुका मृत फेला परेका हुन् ।

गत पुस–८ गते बाक्सिलास्थित बुधबारे हाट भर्न घरबाट हिँडेका राई छिमेकी गाविस बास्पानी–५ मा मृत फेला परेको स्थानीयले बताएका छन् । गाई चराउन गएका गोठालाहरुले बास्पानी–५ र ७ को सिमानामा पर्ने ठाडो खोल्सीमा राईको शव फेला पारेपछि प्रहरीचौकी बाक्सिलालाई खबर गरेका थिए ।

राईको मृत्युबारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । राईको मृत्युबारे थप अनुसन्धान गर्न जिल्लाबाट घटनास्थलतर्फ अनुसन्धान टोली परिचालन गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post