sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » जयरामघाट पुल र सडक निर्माणको माग गर्दै पूर्व आईजिपी, वैज्ञानिक, सांसदसहितको डेलिगेशन

टेनिस रोका
काठमाडौं १६ मंसिर । जयरामघाटको पुल निर्माण र मध्यपहाडी राजमार्ग अन्तर्गत हलेसी–दिक्तेल  सडकखण्डको काम सक्रियताका साथ अगाडी बढाउन माग गर्दै भौतिक योजना तथा निर्माण मन्त्रालयमा खोटाङे एक प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको छ ।

 सशस्त्र प्रहरी पूर्व प्रमुख (आईजिपी) सनत कुमार बस्नेत, कृषि वैज्ञानिक मदन राई, खोटाङका सांसद विशाल भट्टराई लगायतको एक प्रतिनिधि टोलीले मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरसमक्ष डेलिगेशन गरेको छ ।

पुल निर्माणको अवस्थाबारे सचिव ठाकुरलाई जानकारी गराउँदै सांसद भट्टराई ।
सचिव ठाकुर समक्ष उक्त प्रतिनिधी मण्डलले जयरामघाटको पुल २०६६ सालदेखि निर्माण कार्य सुरु भएपनि काममा व्यापक ढिलासुस्तीका कारण सम्पन्न नभएको, फोक्सिङटार पुल निर्माण गर्ने सम्झौता दुई वर्ष अगाडी नै भएपनि अझै सुरु हुन नसकेको तथा हलेसी-दिक्तेल सडकखण्ड कालोपत्रे काम पनि नभएकोप्रति ध्यानाकर्षण गराउँदै ढिलासुस्तीको छानबिन र तत्काल काम थाल्न माग गरेको छ ।


सांसद विशाल भट्टराईले ६ वर्षमा पनि पक्की पुल निर्माण नसकिएको भन्दै यसले जिल्लाबासी र हलेसीको दर्शनमा जाने दर्शनार्थीलाई समस्या परेकाले ढिलासुस्तीको छानबिनसहित काम छिटो सम्पन्न गरिदिन माग गरे ।


पूर्व आईजिपी बस्नेतले सरकारी पक्षले ढिलासुस्तीको छानबिन र ढिलासुस्ती गर्नेलाई कारबाही गर्न समेत मन्त्रालय पछाडी हट्न नहुने बताए ।

कृषि विज्ञ राईले वर्षौसम्म पुल निर्माण कार्य नसक्ने र ढिलासुस्ती गर्नेलाई सरकारले पनि कारबाही नगर्दा जिल्लाबासीलाई गम्भीर धोका भएको भन्दै काम नगर्ने ठेकदारलाई खारेजी गर्नुपर्ने वा छिटो काम सक्नुपर्ने माग राखे ।

डेलिगेशनका क्रममा आईजिपी सनत कुमार बस्नेत ।

प्रतिउत्तरमा सचिव ठाकुरले मातहतका निकायसँग तत्काल नै जानकारी लिएर फोक्सिङटारको पुल निर्माण कार्य दुई महिनाभित्र सुरु हुने बताए । दुई महिनामा पनि काम सुरु नभए विभागीय कारबाही अगाडी बढाउने प्रतिबद्धता पनि उनले जनाए ।


सचिव ठाकुरले जयरामघाट पुल निर्माणमा के कारण ढिलासुस्ती भएको भन्नेबारे जानकारी लिएर बाँकी कार्य अगाडी बढाउने बताए । 
अब पनि पुल निर्माणको कार्यमा ढिलासुस्ती गरे ठेकेदार कम्पनीलाई खारेजी गर्ने र अहिलेसम्मको क्षतिपूर्ति उनीहरुबाट नै असुल गर्नेमा मन्त्रालयले कदम अगाडी बढाउने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

यसअघि पनि सोही पुल निर्माणको काम चाँडो सकाउन माग गर्दै सडक विभागमा समेत डेलिगेशन गएको थियो ।
पक्की पुल निर्माणको ठेक्का विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकार गोल्छाको गोल्छा अर्गनाईजेशन (हुलास इन्जिनियरिङ) ले लिएको थियो । पाण्डे र गोल्छा दुवै जना सांसद हुन् । उनीहरुको आपसी कलह र ढिलासुस्तीले ६ वर्षमा पनि जयरामघाट पक्की पुलको निर्माण सम्पन्न हुन नसकेको हो । 
डेलिगेशनका क्रममा कृषि विद् मदन राई । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post