sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » क्याम्पसको शुल्क बृद्धि फिर्ता

खोटाङ, पुस–६, बिद्यार्थीको बिरोध आएपछि खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले शुल्क बृद्धि फिर्ता लिएको छ । नेपाल बिद्यार्थी संघ, अनेरास्वबियु, अनेरास्वबियु क्रान्तीकारी र अग्रगामी बिद्यार्थी युनियनको बिरोधपछि क्याम्पसले ५५ प्रतिशत शुल्क बृद्धि घटाएको अनेरास्वबियुका जिल्ला अध्यक्ष ओमप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

क्याम्पस व्यवस्थापन समिति र बिद्यार्थी संगठनबीच सोमबार भएको वार्ताबाट शुल्क बृद्धिलाई केही कम गरिएको बिद्यार्थी संगठनहरुले बताएका छन् । क्याम्पसले भारी शुल्क बृद्धि गरेको भन्दै बिद्यार्थी संगठनले मंसिर–२५ गते बिरोध गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post