sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » दिक्तेलमा म्याद नाघेका सामान नष्ट


खोटाङ, मंसिर–२३, खोटाङमा म्याद नाघेका अखाद्यबस्तु नष्ट गरिएको छ । नाकाबन्दीको अवधिमा हुने कृत्रिम अभाव, कालोबजारी एबं म्याद नाघेका सामानको बिक्रीवितरणका बिषयमा गरिएको बजार अनुगमनकाक्रममा प्रशासनले जफत गरेको उपभोग्यबस्तु बुधबार जलाएर नष्ट गरिएको हो ।

गत मंसिर–१२ गते र २० गते सदरमुकाम दिक्तेलबजारमा गरिएको बजार अनुगमनकाक्रममा जफत गरिएका म्याद नाघेका बिस्कुट, फ्रुटी, सस, जुस, मसला, चिया, सुपारी लगायतका उपभोग्य सामान नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जफत भएका सामान प्रहरी, व्यवसायी, कोलेनिका, पत्रकारको उपस्थितिमा जलाइएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो ।

बजार अनुगमनकाक्रममा जफत गरिएका उपभोग्य सामान जलाउँदै जिल्ला प्रशासन कार्यालय खोटाङका कर्मचारीहरु ।

तस्बिरः हाम्रो खोटाङ डटकम

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post