sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » नचिनिएका समूहको कुटाइबाट बस चालक गम्भीर घाइते

खोटाङ, मङ्सिर–२९, नचिनिएका समूहको कुटाइबाट खोटाङमा बस चालक गम्भीर घाइते भएका छन् । गएराति नचिनिएका तीन/चारजनाको समूहले बाटो छेकेर कुटपिट गर्दा बा ३ ख ६०३२ नम्बरको बस चालक ३२ वर्षीय महावीर तामाङ गम्भीर घाइते भएका हुन् ।

घाइते तामाङको जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले जानकारी दिनुभयो । घटनापछि अचेत अवस्थामा रहेका तामाङको टाउको, आँखा र शरीरको विभिन्न ठाउँमा चोट लागेको जनाइएको छ ।

दिक्तेलस्थित रत्नपार्कबाट बस सफा गर्न लिएर सोल्मातर्फ जाँदै गरेको अवस्थामा तीन/चारजनाको समूहले अल्छेढुङ्गामा बाटो छेकेर तामाङलाई कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाईकलले बाटो छेकेर चालकलाई कुटपिट गर्ने समूहले बससमेत तोठफोड गरेको महासचिव राईले बताउनुभयो ।

घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । घटना लगत्तै फरार रहेका उनीहरुको पहिचान भइसकेको माझीको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post