sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » ‘नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार’ प्रदान

खोटाङ, पुस ४ । खोटाङ सेवा समाज यूकेले खोटाङमा ‘नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।
यो पनि हेर्नुहोस्
शिक्षासेवीलाई नागरिक सम्मान, गीतकारलाई पुरस्कार (फोटो फिचर)
खोटाङमा जन्मिएर बेलायतलाई कर्म थलो बनाइरहेकाहरुले स्थापना गरेको संस्था खोटाङ सेवा समाज यूकेले शनिबार सदरमुकाम दिक्तेलमा नागरिक सम्मान एबं खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो । 

समाजले साहित्य, कला, संगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदैआएका ६० वर्षमाथिका व्यक्तित्वलाई हौसला स्वरुप ‘नागरिक सम्मान’ तथा कला, साहित्य, संगीत, कला, खेलकुद वा अन्य सिर्जनात्मक कामको माध्यमबाट राष्ट्रलाई योगदान पु¥याउने २० वर्षमाथिका प्रतिभाको कदरस्वरुप ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गर्दैआएको छ । सन् २००७ मा स्थापना भएको समाजले यसपल्ट बाम्राङका ईमानसिं राईलाई नागरिक सम्मान तथा नुनथलाका गीतकार टिका चामलीङलाई प्रतिभा पुरस्कार प्रदान गर्ने जनाएको छ ।

हरेक दुई वर्षमा प्रदान गरिने ५० हजार राशीको नागरिक सम्मान तथा २५ हजार राशीको खोटाङ प्रतिभा पुरस्कार पाउने राई र चामलीङ तेश्रो जोडी हुन् । यसअघि कृषिबिज्ञ मदन राई, साहित्यकार जसराज किराती, संगीतकार शान्तिराम राई, गायक रुपकुमार राई पुरस्कृत भइसकेका छन् । दुई पटक काठ्माण्डौंमा कार्यक्रम गरेको समाजले यसपल्ट भने दिक्तेलमा कार्यक्रम गरिएको समाजका महिला बिभाग प्रमुख भाग्यवती राईले बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा जगत नबोदित, भाग्यवती राई र रत्नकुमार राई (क्रमशः बायाँबाट) । 
निस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले सन् २०१७ सम्ममा खोटाङका लागि तीन वटा एम्बूलेन्स जुटाउने तयारी गरेको जानकारी दिएको छ । जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउकालागि एम्बूलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको समाजका पुर्वअध्यक्ष एबं प्रमुख सल्लाहकार रत्नकुमार राईले जानकारी दिनुभयो । यसअघि सोल्मामा निर्माणाधिन फुटबल ग्राउण्ड निर्माणका लागि आर्थिक सहयोग गरेको समाजले दुबै हात नभएकी ईन्द्रेणी पोखरीकी सम्झना राई, गायीका समला राई, बुईपाका मृगौला बिरामी प्रमेश राई, सिमपानीका बाढीपहिरो पिडित लगायतलाई आर्थिक सहयोग गरिसकेको छ ।
बेलायतमा भने समाजले बार्षिकरुपमा बिबिध बिद्यामा प्रतिभावान एबं सर्बोत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्दैआएको छ । समाजका १५ सय सदस्य छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post