sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सबल परियोजनाको कार्यालयमा ताला

खोटाङ, पुस–८, संस्था छनौटमा अपारदर्शीताको कारण देखाउँदै युवा संघ र अनेरास्वबियुले सबल परियोजनाको खोटाङ कार्यालयमा ताला लगाएका छन् । साझेदार संस्था छनौटमा पारदर्शीता कायम नगरेको तथा दलसँग समन्वय नगरी परियोजना सञ्चालन गर्न लागिएको भन्दै युवा संघ र अनेरास्वबियुले मंगलबार दिउँसो सबलको दिक्तेलस्थित कार्यालयमा ताला लगाएका हुन् ।

गत असोज–१ गते भएको बैठकमा परियोजनाको टिम र जिल्लास्थित सरोकारवालाबीचमा अर्को संयुक्त बैठक गर्ने र त्यतिञ्जेल परियोजनाको गतिबिधि नगर्ने सहमती गरिए पनि परियोजनाले आफ्नो गतिबिधि बढाएकाले ताला लगाउनु परेको युवा संघका अध्यक्ष दिनेश राईले बताउनुभयो । दुई संगठनले असोज–१ गते भएको समझदारी बिपरित एमालेलाई बेवास्ता गरिएको बताएका छन् ।

परियोजनाका सबै गतिबिधि स्थगित गर्नुपर्ने र सबलको उच्चस्तरिय टिममार्फत समाधानकालागि बैठक आव्हान गरिनुपर्ने माग राखेका छन् । उनीहरुले परियोजनाको गतिबिधि रोक्न र सहजीकरणकालागि प्रशासन र जिबिसलाई ज्ञापनपत्र बुझाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post