sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सवल परियोजनाको तालाबन्दीमा दोहोरी

खोटाङ, पुस ८ । संस्था छनौटमा अपारदर्शीताको कारण देखाउँदै युवा संघ र अनेरास्ववियुले सबल परियोजनाको खोटाङ कार्यालयमा ताला लगाएका छन् । 

साझेदार संस्था छनौटमा पारदर्शीता कायम नगरेको तथा दलसँग समन्वय नगरी यूएसएडको परियोजना सञ्चालन गर्न लागिएको भन्दै युवा संघ र अनेरास्वबियुले मंगलबार दिउँसो सबलको दिक्तेलस्थित कार्यालयमा ताला लगाएका हुन् । गत असोज–१ गते भएको बैठकमा परियोजनाको टिम र जिल्लास्थित सरोकारवालाबीचमा अर्को संयुक्त बैठक गर्ने र त्यतिञ्जेल परियोजनाको गतिबिधि नगर्ने सहमती गरिए पनि परियोजनाले आफ्नो गतिबिधि बढाएकाले ताला लगाउनु परेको युवा संघका अध्यक्ष दिनेश राईले बताए । दुई संगठनले असोज–१ गते भएको समझदारी बिपरित एमालेलाई बेवास्ता गरिएको बताएका छन् । उसले परियोजनाका सबै गतिबिधि स्थगित गर्नुपर्ने र सबलको उच्चस्तरिय टिममार्फत समाधानकालागि बैठक आव्हान गरिनुपर्ने माग राखेका छन् । उनीहरुले परियोजनाको गतिबिधि रोक्न र सहजीकरणकालागि प्रशासन र जिबिसलाई ज्ञापनपत्र बुझाएका छन् ।

परियोजना सञ्चालनका बिषयमा एमालेलाई बेवास्ता गरिएका कारण बिरोध गर्नु परेको एमालेका जिल्ला अध्यक्ष बबी चामलीङले बताए । ‘हाम्रो उद्धेश्य परियोजना नचलोस् भन्ने होईन,’ चामलीङले भने, ‘तर परियोजना सञ्चालनकाक्रममा एमाले केही होईन भन्ने हेपाहा प्रबृत्ति देखाउनु भएन भन्ने हो ।’ परियोजना सम्बद्ध अधिकारीले भने परियोजनाका बिषयमा छलफल गर्ने तयारी भइरहेकैबेलामा ताला लगाइएको बताएका छन् । जिल्लामा नवकिरण सेवा समाज र जनसेवा समाज परियोजना सञ्चालनकालागि साझेदार संस्थाकारुपमा छनौटमा परेका छन् । परियोजनाको कर्मचारी छनौट लगायतका गतिबिधि सुरु भइसकेको छ ।
यसैबीच, सबलको खोटाङस्थित कार्यालयमा ताला लगाइएको बिरोधमा तरुण दल र नेबिसंघले गैर–सरकारी संस्था महासंघको कार्यालयमा तालाबन्दी गरेका छन् । एमालेको भातृसंस्थाकोरुपमा सबलको कार्यालयमा तालाबन्दी गर्न आन्तरिक भूमीका निर्वाह गरेको भन्दै तरुण दल र नेबिसंघले बुधबार महासंघको कार्यालयमा ताला लगाएको हो । एमाले निकटका संस्थालाई परियोजना नपरेकै आधारमा युवा संघ र अनेरास्वबियुलाई सबलको कार्यालयमा ताला लगाउन सघाएकाले महासंघको कार्यालयमा ताला लगाइएको नेबिसंघका सभापति राजकुमार राईले बताए । ‘एमाले निकट संस्थालाई परियोजना परेन भन्दैमा ताला लगाउनु उचित होईन,’ नेबिसंघका सभापति राजकुमार राईले भने, ‘परियोजनामाथि एमाले तथा एमालेको भातृ संगठनले गरेको आक्रमणप्रति हाम्रो खेद छ ।’ महासंघमा तालाबन्दी गर्नुअघि सार्वजनिक गरिएको तरुण दल र नेबिसंघको प्रेस बिज्ञाप्तीमा परियोजनामाथि एमाले र एमाले निकट भातृ संगठनले ठाडो आक्रमण गरेको उल्लेख छ ।

नयाँ र ठूला परियोजना सञ्चालनका विषयमा जिल्लामा बिदाव हुँदैआएको छ । यसअघि प्लान नेपाल र एसएएलजिपीका विषयमा समेत बिवाद भएको थियो । बिवादकै कारण प्लान नेपाल सञ्चालनमा आउनु अगावै फिर्ता गएको थियो । जिल्लामा एकले पाएको परियोजना अर्कोले हत्याउने परिपार्टी मौलाउँदै जान थालेको छ । प्रायः यसको नेतृत्व कांग्रेस–एमालेले नै गर्दैआएको छ । बिकास निर्माणका सवालमा बेलाबेलामा सहमतीको राजनिती गर्ने ढोंग रचेपनि जिल्लाका दलको अशली रुप यसरी छताछुल्ल भइ नै रहेका छन् । सवलको विषयमा सुरुभएको एमाले–कांग्रेसको दोहोरी कहाँ पुगेर टुंगिन्छ त्यो हेर्न बाँकी नै छ । ‘दलका नेताले के सही हो के गलत हो भन्ने हेक्कै राख्दैनन्,’ नागरिक समाजका एक प्रतिनिधिले भने, ‘प्रोजेक्ट खोस्न वा जोगाउने खेलमा मैदानमा उत्रनु नेताकालागि सुहाउँने बिषय हुँदैहोईन ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post