sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » टुवाखोलामा निर्माण गरिएको मोटरेबल पुल सञ्चालन, सामान ढुवानीमा सहजता

खोटाङ, पुस–८, महुरे–फोक्सिङ्टार सडक खण्डमा पर्ने टुवाखोलामा निर्माण गरिएको मोटरेबल पुल सञ्चालनमा आएको छ । बतासे र लिच्कीराम्चे गाविसकोबीचमा पर्ने टुवाखोलामा निर्माण गरिएको मोटरेबल पुल हालै सञ्चालन आएको हो ।

रसुवा कन्स्ट्रक्शन कम्पनी प्रा.लि.ले निर्माणको जिम्मा लिएको मोटरेबल पुल सञ्चालनमा आएपछि जिल्लाबाट तराईसँगको सिधा यातायात सेवा सुरु भएको छ ।  छ करोड दश लाख ७४ हजार ४०९ रुपैयाँ ६१ पैसा लागतमा उक्त मोटरेबल पुल निर्माण गरिएको हो ।

उपभोक्ता समितिमार्फत निर्माण गरिएको उक्त पुल गत २०७० चैत्र १३ गते सम्झौता भएको थियो । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएपछि जिल्लाबाट तराईका जिल्ला आवतजावतमा सहज भएको स्थानीयले बताएका छन् ।

तराईसँगको सबैभन्दा छोटो रुट पर्ने महुरे–फोक्सिङटार सडक खण्डमा मोटरेबल पुल सञ्चालनमा आएपछि सामान ढुवानीमा सहज भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post