sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » मादक पदार्थ सेवनगरि सवारी चलाउनेविरुद्ध सार्वजनिक मुद्दा

खोटाङ, मङ्सिर–१८, मादक पदार्थ सेवनगरि सवारी साधन चलाउने दुई चालक विरुद्ध खोटाङमा सार्वजनिक मुद्दा दर्ता भएको छ । मादक पदार्थ सेवन गरेर ट्याक्टर चलाउने उदयपुरको त्रियुगा नगरपालिका–१ का २३ वर्षीय युनिक मगर र मोरङको दुलारी नगरपालिका–७ का २३ वर्षीय देविन्द्र तामाङ विरुद्ध मुद्दा दर्ता भएको हो ।

बिहीबार राति मादक पदार्थ सेवनगरि ट्याक्टर चलाइरहेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध मुद्दा दर्तागरि कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । “बिगतमा भएका सवारी दुर्घटना हेर्दा अधिकांश मादक पदार्थ सेवन गरेर चलाएको पाइयो ।” उहाँले भन्नुभयो, “त्यसैले दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यले मुद्दा दर्ता गरेर कारबाही थालिएको हो ।”

ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरुलाई सदरमुकाम दिक्तेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर कारबाही थालिएको प्रनाउ माझीले बताउनुभयो । उनीहरुले चलाएको ट्याक्टरसमेत नियन्त्रणमा लिइएकोे प्रहरीले जनाएको छ । मगरले ना ४ त ९१७२ नम्बरको ट्याक्टर चलाएका थिए भने, तामाङले को १ त ७४२१ नम्बरको चलाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post