sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सामुदायिक स्वयं सेवकका लागि पुर्नताजगी तालिम

खोटाङ २२ मंसिर । सामुदायिक स्वयं सेवकका लागि खोटाङको सदरमुकाम दिक्तेलमा नागरिक शिक्षा, सहभागीतामुलक योजना तर्जुमा, अधिकारयुक्त सेवा सुबिधा तथा प्रस्ताव लेखन र आधारभूत पत्रकारिता सम्बन्धी चार दिने पुर्नताजगी तालिम आयोजना गरिएको छ ।

गत मंसिर–१७ गतेदेखि सुरु गरिएको पुर्नताजगी तालिम आईतबार समापन गरिएको छ । स्थानीय सरकारको जवाफदेहीता अभिबृद्धि परियोजना एसएएलजीको साँझेदार संस्था बालसेवा समाज नेपालको आयोजनामा तालिम भएको हो । 

पुर्नताजगी तालिममा जिल्लाका ७२ वटै गाबिसका महिला सामुदायीक स्वयंसेबकको सहभागीता रहेको थियो । तालिममा सहभागीलाई नागरिक शिक्षा, सहभागीतामुलक योजना तर्जुमा, अधिकारयुक्त सेवा सुबिधा, प्रस्ताव लेखन र आधारभुत पत्रकारिता सम्बन्धी तालिम दिइएको स्थानीय सरकारको जवाफदेहीता अभिबृद्धि परियोजनाका जिल्ला संयोजक कबिकुमार राईले बताए ।

तालिममा जिल्ला बिकास समितिका योजना तथा प्रशासकीय अधिकृत नरहरि सापकोटा, परियोजनाका जिल्ला संयोजक राई, स्थानीय सुशासन अधिकृत युवराज रिजाल, हेमबहादुर बिश्वकर्मा र अरुणा दाहाल लगायत पत्रकाहरुले सहजीकरण गरेका थिए ।
रिजाललाई बधाई
राष्ट्रिय ग्रामिण बिकास पुरस्कारबाट पुरस्कृत नेर्पा–३ का दिपनारायण रिजाललाई बधाई दिइएको छ । २० वर्षदेखि जिल्लामा बसेर सामाजिक अभियानमा क्रियासिल रहेकै कारण मंसिर–२ गते पुरस्कृत भएका रिजाललाई नागरिक शिक्षा, सहभागीतामुलक योजना तर्जुमा, अधिकारयुक्त सेवा सुबिधा तथा प्रस्ताव लेखन र आधारभुत पत्रकारिता सम्बन्धी पुर्नताजगी तालिम समापनको अवशरमा आईतबार बधाई दिइएको हो ।
 बालसेवा समाजको अध्यक्षको भूमीका सम्हाल्दै आएका रिजालले नेतृत्व गरिसकेको गैसस जिल्ला शाखाले यसपल्ट पुर्वाञ्चलमै उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । रिजाललाई गैससमहासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकामा समेत बधाई दिइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post