sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा झण्डै आधा करोडको अनियमितता, गाउँ परिषद नै हुन सकेन

  • नेकपा एमालेका गाँउ पार्टी अध्यक्ष टंक मगरबाट बराहापोखरीको ढुलीबेंसी हुँदै फोक्सीङटारको बेलीब्रिजसम्म जोड्ने सडकको ८ लाख हिनामिना ।
  • नेपाली काँगेसका जिल्ला सदस्य भुवन श्रेष्ठबाट दिप्लुङ गाविसको खुन्द्रे देखि बराहापोखरी जोडने सडकको १८ लाख र गाविसमा राष्ट्रिय विद्युत प्रसारण लाईन बिस्तारको १२ लाख हिनामिना ।
  • स्थानिय बममहादुर कार्कीले सावाखोला अजिगाँरेदेखि बहारापोखरी जोडने सडकको एक लाखको काम सात वर्ष अघिदेखि जिम्मा लिएर नगरेको । 

खोटाङ ७ माघ । खोटाङमा झण्डै आधा करोड बराबरको अनियमितता तथा हिनामिना भएको खुलेको छ ।  स्थानिय नेताहरुले बाराहापोखरी गाविसको बजेट हिनामिना गरेको भन्दै बाराहापोखरी गाविसको गाँउ परिषद अनिश्चित कालका लागि रोकेपछि रकम हिनामिनाको रहस्य खुलेको हो । सडक, विद्युत लगायतको विकासका लागि छुट्याइएको बजेट लामो समयदेखि स्थानिय नेताहरुले हिनामिना गरेको भन्दै अनिश्चितकालका लागि परिषद स्थानियले स्थगित गरेका छन् । 

नेकपा एमालेका गाँउ पार्टी अध्यक्ष टंक मगरले बराहापोखरीको ढुलीबेंसी हुँदै फोक्सीङटारको बेलीब्रिजसम्म जोड्ने सडकको ८ लाख, नेपाली काँगेसका जिल्ला सदस्य भुवन श्रेष्ठले दिप्लुङ गाविसको खुन्द्रे देखि बराहापोखरी जोडने सडकको १८ लाख र गाविसमा राष्ट्रिय विद्युत प्रसारण लाईन विस्तारको १२ लाख, हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् । यी सबैगरी २८ लाखको हिनामिना गरेको आरोप लागेपनि यसको छानबिन र दोषीलाई कारबाही हुनेमा भने अन्यौलता छ ।

त्यस्तै, स्थानिय बममहादुर कार्कीमाथि सावाखोला अजिगाँरेदेखि बहारापोखरी जोडने सडकको एक लाखको काम सात वर्ष अघिदेखि जिम्मा लिएर नगरेको आरोप छ । यस्तै, शँखेश्वरी माविका प्रअ शिवकुमार श्रेष्ठले पनि सडक र विद्यालयका विकासे कामको फस्र्यौट नगरेको स्थानीयको भनाई छ । यस्तै, स्वास्थ्य चौकिका अहेव शत्रुधन श्रेष्ठ्माथि पनि स्थानिय सडकको बजेट हिनामिना गरेका छन् । गाविसका ठुला योजनाका जिम्मेवारी लिएर फस्र्यौट नगर्ने यी केहि व्यक्तिहरु हुन् । खानेपानी, सिंचाइ सिलाई कटाई लगायतका साना योजनाहरुमा २५ जनाको नाममा बेरुजु रहेको छ । कत्ति को संग बेरुजु रहेको भन्ने बिषयमा स्थानियबासीहरु छानबिनको क्रममा नै रहेको बताउँछन् । उदयपुरको साउनेचौर र बारहापोखरी गाविसको बिचमा स्काई फोनको टावर निर्माणको लागि ५ वर्ष अघि बजेट छुटिट्टएको भएपनि काँग्रेस नेता श्रेष्ठको लापरबाहीका कारण अहिलेसम्म पनि निर्माण प्रकृया अगाडी बढन् नसकेको स्थानिय गरिवि निवारण कोषका सचिव मानबहादुर बिष्टले जनाए । गविसमा आएको बजेट सदुपयोग नभएकाले बेरुजु र हिनामीनाको गाविसमा चाङ रहेको उनको भनाई छ  । विभिन्न योजनाको रकम हिनामिना गरेकाले साना ठुला गरि तीन दर्जनभन्दा माथि बिकास निर्माणका काम अलपत्र परेका छन् भने एक दर्जन भन्दा माथि योजनाहरुको काम शुरु हुन नसकेको स्थानिय डाँडाखर्क सामुदायिक बनका अध्यक्ष ईश्वर खडकाले जानकारी दिए । उनका अनुसार “सात वर्ष अघिदेखि उनिहरुले बजेट हिनामिना गर्दै आएको र अहिलेसम्म बेरुजु फस्र्योट गरेका छैनन् । गाविसमा आएको बजेट जनतालाइ आएको हो । व्यक्तिलाई आएको हैन, त्यसैले पारदर्शिता नभएसम्म परिषद हुन सक्दैन् खडकाले बताए ।

ठुला साना योजनाको बजेट हिनामिना भएपछि उनीहरुमाथी अत्तियारबाट छानबिनका लागि गत साल पत्र आएको भएपनि कारवाहि प्रकृया अगाडी नबढेपछि आफैंले उनीहरुलाई तत्काल पारदर्शित गर्नका लागि अनुरोध गरीएको स्थानियको भनाई छ । यस आर्थिक वर्षमा गाविसका लागि २२ लाख बजेट फ्रीज भए होस तर अनियमिता अन्त्य हुनुपर्छ । त्यसैले अबका दिनमा यस्तो हुन नदिन परिषद नै स्थगित गराएका हौं । नेताहरुसंग भएको बेरुजु फर्योट गरेर नयाँ योजना सम्झौता नगरेसम्म गाँउ परिषद हुन असम्भव रहेको स्थानियले जनाएका छन् । 

यता, काँग्रेस जिल्ला सदस्य श्रेष्ठले काम गर्ने क्रममा त्रुटि भएको स्वीकारेका छन् । सडकको १८ लाख आफुले फस्र्योट गरिसकेको र विद्युतको १२ लाखको बेरुजु रहेको उनले बताए । राजनैतिक तानातानमा काम गर्नुपरेकाले फोनको टावरको काम अहिले शुरु गर्न लागेको र विद्युत योजनाको फस्र्योट गर्न समस्या भएकाले तत्काल गर्ने जनाए । पोल तार लगायतका उपकरणहरु खरिद गरिसकेको उनको भनाई छ  । एमाले गाँउ पार्टी अध्यक्ष मगरका अनुसार सडकको काम आफुले पुरा गरेको तर फस्र्यौट गर्न बाँकी रहेको जनाए । ८ लाख मध्ये ६ लाखको काम गरेको उनले स्वीकारेका छन् । उनका अनुसार तत्काल सार्वजनिक सुनुवाईको कार्यक्रम राखेर परिषद सञ्चालन गरिने जनाए ।

यसैबिच, गाविस सचिव टंक प्रसाद आर्चायले पति पत्नीको सामाजिक सुरक्षा भक्ता १४ हजार पाउनुपर्नेमा ८ हजारमात्र बितरण गरेको स्थानियबासीले गुनासो गरेका छन् । आचार्यले ७० वर्ष पुरा भएका पति पत्नीको सामाजीक शुरक्षा भक्ता पुरै बितरण नगरेर आधामात्र दिएको उनिहरुको भनाई छ । समाजीक शुरक्षा भक्ता बितरण गरीरहेको र बाँडनेक्रम जारी रहेकाले तत्काल पुरै भत्ता उपलव्ध गराउने सचिव आचार्यले बताए । परिषद गत पौष २९ गतेका लागि तय भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post