sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » तीन कृषकलाई राष्ट्रपति, पाँच कृषकलाई उत्कृष्ट पुरस्कार

खोटाङ, माघ–७, जिल्लाका तीन कृषकलाई जिल्लास्तरीय उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको छ । माछा पालनतर्फ दोर्पाचिउरीडाँडाका जयप्रकाश राई, अलैंची नर्सरीतर्फ ऐसेलुखर्कका किशोर राई र सुन्तला खेतीतर्फ लामीडाँडाका कुमार श्रेष्ठलाई यस वर्षको राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । 

दिक्तेलमा आयोजना गरिएको बृहत कृषि दिवस तथा कृषि प्रदर्शनी मेला समापनको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो । कृषि विकास मन्त्रालयका सचिव उत्तम भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई नगद दश÷दश हजारको साथमा ताम्रपत्रले सम्मान गरिएको छ । 
राष्ट्रपति पुरस्कार : खोटाङको दिक्तेलमा आयोजित सातौं कृषि दिवस तथा बृहत कृषि मेला प्रदर्शनीको अवसरमा राष्ट्रपति पुरस्कारबाट पुरस्कृत हुनुहुने ऐसेलुखर्कका अलैंचीको नर्सरी उत्पादक किशोर राईलाई पुरस्कार प्रदान गर्नुहुँदै कृषि सचिव उत्तम भट्टराई । यस वर्षको जिल्लास्तरीय राष्ट्रपति पुरस्कार जिल्लाका तीन कृषकलाई प्रदान गरिएको छ । तस्बिरः हाम्रो खोटाङ डटकम

यसैवीच, कृषि मेला प्रदर्शनीमा समभागीमध्ये आलु समूहमा उत्कृष्ठ हुनुहुने ऐसेलुखर्क–२ का भूपेन्द्र राजभण्डारी, खाद्यान्न समूहमा उत्कृष्ठ हुनुहुने दिक्तेल–४ का दिपेन्द्र राई, फलफूल समूहमा उत्कृष्ठ हुनुहुने रतन्छा–७ का फूलकुमार राई, तरकारी समूहमा उत्कृष्ठ हुनुहुने दुर्छिम–७ की कविता राई र माहुरी समूहमा उत्कृष्ठ हुनुहुने बोपुङ–७ का हामसिं राईलाई सम्मान गरिएको छ । गाउँमा बसेर कृषि क्षेत्रको व्यवसायिक विकासमा योगदान पुर्‍याएकामा उनीहरुलाई नगद पाँच÷पाँच हजारको साथमा सम्मानपत्र र करुवा प्रदान गरिएको घिमिरेको भनाइ छ । 

कृषि मेला प्रदर्शनी कार्यक्रममा खाद्यान्न बाली समूहमा ४५, तरकारी बाली समूहमा ४६, फलफूल बाली समूहमा ३९, दलहन तथा तेलहन समूहमा ३९, आलु बाली समूहमा १७, माछा समूहमा ६ र विविधमा ७८ जनाले आफूले उत्पादन गरेका कृषि उपज दर्ता गराएका थिए । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्नका लागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । 

कृषि व्यवसायको सम्मान तथा प्रोत्साहनका लागि जिल्लामा बिगत सात वर्षदेखि निरन्तर कृषि दिवसको अवसरमा प्रतियोगितात्मक कृषि मेलाको आयोजना गरिदै आइएको छ । जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय तथा दर्जनबढी गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा मेलाको आयोजना गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post