sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान, तराईसँगको सिधा यातायात सेवा सुरु

खोटाङ,  पुस-२१, खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको छ । जिल्लाको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलीब्रिज मङ्गलबारबाट सञ्चालनमा ल्याइएको हो ।

तराई लगायत अन्य जिल्ला पुग्न सबैभन्दा छोटो मार्गका रुपमा रहेको महुरे–फोक्सिङटार सडक खण्डमा पर्ने सुनकोसी नदीमा अस्थायी बेलीब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ । सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी संघ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

फोक्सिङ्टारमा बेलीब्रिज सञ्चालनमा आएपछि जिल्लावासीलाई तराई लगायत अन्य जिल्ला आवत/जावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । सुनकोसी नदीमा पक्की पुल नबनेसम्म हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेपछि झिक्नेगरी यसै गत वर्षबाट अस्थायी बेलीब्रिज जडान गरिएको हो ।

पक्की पुल निर्माणका लागि ठेक्का लागी सकेको फोक्सिङ्टारमा अहिलेसम्म निर्माणको काम सुरु भएको छैन । गत वर्ष नै शिलान्यास गरिएको पुल निर्माणमा ठेकेदारले लापरबाही गरेकाले काम नभएको स्थानीयको आरोप छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post