sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा डिजेलको मूल्य १०२, पेट्रोलको १४० रुपैयाँ

खोटाङ, ७  माघ । जिल्लामा मनपरि मुल्यमा बिक्री भइरहेको डिजेल तथा पेट्रोलको मुल्य निर्धारण गरिएको छ । प्रतिलिटर १०५ देखि २०० सम्ममा बिक्री हुँदै आएको डिजेल अब १०२ रुपैयाँमा मात्र बिक्री गर्न पाइने गरि मुल्य निर्धारण गरिएको हो ।

पूर्वाञ्चल डिपोे बिराटनगरले ओखलढुङ्गाको हर्कपुर डिपोमा प्रतिलिटर ७८ रुपैयाँमा पठाउने गरेको र हर्कपुरबाट दिक्तेल आइपुग्दा प्रतिलिटर ९७ रुपैयाँले आइपुग्ने भएकाले गाडी भाडा र चुहावटको ठाँउ राखेर तेलको भाउ घटाएर प्रतिलिटर १०२ रुपैयाँमा बिक्री गर्न पाउनेगरि मुल्य निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले जानकारी दिनुभयो । 

प्रजिअ खड्काका अनुसार प्रतिलिटर १५० देखि २०० मा बिक्री हुँदै आएको पेट्रोलको भाउ घटाएर अब प्रतिलिटर १४० रुपैंयाँमा झारिएको छ ।

पेट्रोलको मुल्य नेपाल सरकारले प्रतिलिटर ११२ रुपैयाँ निर्धारण गरेको र दिक्तेल आइपुग्दा आधा जति उड्ने भएकाले १५० बाट घटाएर १४० निर्धारण गरिएको जनाइएको छ । बिक्रेताले चर्को मुल्यमा डिजेल तथा पेट्रोल बिक्री गरेको गुनासो आएपछि बसेको सर्वपक्षीय भेलाले मुल्य निर्धारण गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post