sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » उचित क्षतिपूर्ति पाउन नसकेको द्वन्द्वपीडितको गुनासो

खोटाङ, १५ माघ । जिल्लाका द्वन्द्वपीडित परिवारले राज्यले  उपलब्ध गराउने उचित क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् । दश वर्षे द्वन्द्वको समयमा राज्य तथा माओवादीको तर्फबाट हत्याका साथै मानवअधिकार हनन् भएकामा अहिलेसम्म उचित क्षतिपूर्तिका साथै अन्य सेवासुविधा नपाएको पीडितले गुनासो गरेका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा हत्या भएकाहरुलाई सहिद घोषण गर्नुका साथै राज्यले उचित क्षतिपूर्ति तथा सेवासुविधाको व्यवस्था गर्ने भने पनि हालसम्म कार्यान्वायन नगरेको पीडित परिवारले बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले शुक्रबार दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द्वपीडित परिवारले राज्यबाट पाउने सेवासुविधा तत्काल पाउने व्यवास्था मिलाउन माग गरेका छन् । 

द्वन्द्वपीडित परिवारको जिज्ञासा मेटाउनुहुँदै आयोगका सदस्य श्रीकृष्ण सुवेदीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ । “तपाईहरुको समस्या सुन्नकै लागि म यहाँ आएको हुँ ।” उहाँले भन्नुभयो, “तपाईहरु उजुरी दिनुस्, सम्बन्धित निकायमा लगेर कार्यान्वयन गराउन म प्रतिवद्ध छु ।”

आयोगले द्वन्द्वपीडित, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा सरकारी कार्यालयका प्रमुखहरुसँग छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागीले सत्यतथ्य र निष्पक्ष काम गर्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post