sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » उपर्युक्त ठाउँमा बसपार्क नहुँदा बिच सडकमै पार्किङ

खोटाङ, पुस–१९, उपयुक्त ठाउँमा बसपार्क नहुँदा खोटाङमा सञ्चालित यातायातका सवारी साधन बिच सडकमै पार्किङ गरेर राख्ने गरिएको छ । जिल्लामा निर्माण गरिएका दुवै बसपार्क उपर्युक्त ठाउँमा नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन दिक्तेलस्थित रत्नपार्कको बिच सडकमै पार्किङ गरेर राख्ने गरिएको हो ।

दिक्तेल नगरपालिका–४ सोल्मा र ३ को आचार्य गाउँमा निर्माण गरिएका बसपार्क उपर्युक्त ठाउँमा नभएकाले सवारी साधन सकडमै पार्किक गर्ने गरिएको यातायात व्यवसायी संघ खोटाङका सचिव रामकुमार हिङ्माङले बताउनुभयो । “बिच सडकमा पार्किङ गर्दा व्यवसायी मात्र नभइ सबैलाई समस्यामा भएको छ ।” उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले गम्भिरताका साथ लिनुपर्ने अवस्था छ ।”

सोल्मामा २० र आचार्य गाउँमा १५ रोपनी जग्गामा छुट्टाछुट्टै दुईवटा बसपार्क निर्माण गरिएपनि प्रयोग बिहिन छ । जिल्ला विकास समितिको लगानीमा निर्माण गरिएका यी दुवै बसपार्क अनुपर्युक्त ठाउँमा रहेको यातायात व्यवसायीको भनाइ छ ।
फाइल तस्विर
यता, दिक्तेल नगरपालिका–२ का राजन केसी लगायतले बसपार्कका लागि आफूहरु निःशुल्क जग्गा दिन तयार रहेको बताउँदै आएका छन् । “हामीले यसअघि पनि बसपार्कका लागि जग्गा दिन्छौं भनेकै हो ।” केसी भन्नुहुन्छ, “यदि बसपार्कका लागि आवश्यक छ भने, हामी प्रयाप्त जग्गा दिन तयार छौँ ।”

केसीका अनुसार रत्नपार्कस्थित मध्यपहाडि लोकमार्गमा पर्ने ग्यारेज मुनीको जग्गा बसपार्कलाई दिने प्रस्ताव आएको हो । उक्त जग्गा आफूहरुका लागि उपयुक्त भएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेश शाहीले बताउनुभयो । “सुरक्षाको दृष्टिले पनि उक्त ठाउँ उपयुक्त छ ।” उहाँले भन्नुभयो, “हामीले भनेको ठाउँमा बसपार्क निर्माण गरिए संघको तर्फबाट ४० प्रतिशत खर्च ब्यहोर्न तयार छौं ।”

जिल्लामा ११७ बस, २२ जीप, ७० ट्याक्टर र ७० ट्रक सञ्चालनमा छन् । सुनकोसीमा पक्की पुल र दूधकोसीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएकाले अझै धेरै संख्यामा यातायातका सवारी साधन जिल्ला भित्रिन सक्ने व्यवसायीको भनाइ छ ।

जिल्लामा बाटै छेकेर यातायातका सवारी साधन पार्किङ गरेर राखिएपनि नगरपालिकाले चासो नदिएको स्थानीयको आरोप छ । रत्नपार्कदेखि पुरानो बेसक्याम्पसम्म बाटै छेकेर यातायातका सवारी साधन पार्किङ गरिएपनि नगरपालिका र ट्राफिक प्रहरीले चासो नदिएको स्थानीयले बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post