sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » काँग्रेस खोटाङमा भाडभैलो, सभापतिले क्रियाशिलता गायब गरेको आरोप

खोटाङ ७ माघ । नेपाली काँग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले आफूहरुको क्रियाशिलता गायब गरेको कार्यकर्ताले आरोप लगाएका छन् । संस्थापन पक्षमा देखिएका सभापति राईले पराजित मानसिकताका कारण आफूहरुको क्रियाशिलता गायब गरेको बुधबार पत्रकार सम्मेलन गरेर कार्यकर्ताले आरोप लगाएका हुन् ।

स्रोतले दिएको जानकारी अनुसार मात्तिमका २४, बाराहापोखरीको १३, खोटाङबजारको १०, चिसापानी ९, डम्बरखुशिवालयको ७, देविस्थानको ४, बडहरेको ५, लफ्याङ ५, खार्मीको ५, स–छितापोखरीको ४, डाँडागाउँको २, दोर्पाचिउरीडाँडाका २, दिप्लुङको २ जनाको क्रियाशिलता झिकिएको पाइएको छ । जिल्ला सभापति राई र क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति तीर्थ भट्टराईले अन्य गाविसको पनि धेरै जनाको क्रियाशिलता गायब गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

दोर्पाचिउरीडाँडा घर भएका क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति भट्टराईले सावाकटहरेबाट क्रियाशिलता भरेका छन् । आफ्नो गाउँबाट पराजित हुने निश्चित भएपछि भट्टराईले सावाकटहरेबाट क्रियाशिलता भरेको स्रोतको दाबी छ । 

पार्टीका सक्रिय सदस्यको क्रियाशिलता हटाएर सभापति राई र क्षेत्रीय सभापति भट्टराईले इतिहासमै गद्दारी काम गरेको महासमिति सदस्य सुवाशकुमार पोखरेलले बताउनुभयो । “उहाँहरुले वर्षौदेखि पार्टीमा क्रियाशिल व्यक्तिको राजनीतिक अधिकार हनन् गर्नुभएको छ ।” पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “उहाँहरुको गलत प्रबृत्तिप्रति हामीले केन्द्रमा समेत उजुरी दिएका छौं ।” 
यसबारे जिल्ला सभापति राईले आफूले गाउँबाट जस्तो आयो त्यस्तै केन्द्रमा पठाएको बताउनुभएको छ । “प्रक्रिया पुगेर आएकाहरुको हकमा छुटेका भए सच्याउन सकिन्छ ।” उहाँले भन्नुभयो, “प्रक्रिया नपुगेकाको हकमा भने केही गर्न सकिन्न ।”

सदरमुकाम दिक्तेलस्थित सगरमाथा होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा देउवा पक्षका नेता तथा कार्यकर्ताको मात्र सहभागिता थियो । जिल्लामा दुबै पक्ष उत्तिकै बलिया देखिएका छन् । संस्थापन पक्षमा जिल्ला सभापति विष्णुकुमार राई, महासमिति सदस्य नरेशकुमार श्रेष्ठ, सांसद् सरस्वति बजिमय लगायत छन् भने, देउवा पक्षमा पूर्व राज्यमन्त्रीहरु शिवकुमार बस्नेत, सर्वधन राई, महासमिति सदस्य सुवाशकुमार पोखरेल, जिल्ला सचिव वीरकाजी राई, युवा नेता भूपेन्द्र राई लगायत छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post