sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » मृत फेला परेका राईको हत्या गरेर फालिएको आशंका

खोटाङ, पुस–१९, छिमेकी गाविस बास्पानी–५ मा मृत फेला परेका फेदी–४ का २९ वर्षीय मनकुमार राईको हत्या गरेर फालिएको आशंका गरिएको छ । मृतको शरीरमा निलडाम तथा नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेकाले राईको हत्या गरेर फालिएको आशंका गरिएको हो ।

गत पुस–८ गते बाक्सिलास्थित बुधबारे हाट भरेर घर फर्कदै गरेका राईको शव सात दिनपछि बास्पानी–५ र ७ को सिमानामा पर्ने ठाडो खोल्सीमा पुस–१४ गते बेलुका फेला परेको थियो । हाट भर्न भन्दै घरबाट हिडेका राई साता दिनसम्म खोजी गर्दा फेला नपरेपछि आफन्तले प्रहरी चौकी बाक्सिलामा हुलिया दिएका थिए ।

स्रोतका अनुसार पुस–८ गते बास्पानीका ८/१० जना युवाहरुले राईलाई कुटपिट गरेका थिए । पहिले नभेटिएको ठाउँमा शंकास्पद अवस्थामा राईको शव फेला परेकाले स्थानीय दश जना युवाविरुद्ध प्रहरीमा टिकानी जाहेरी दिइएको मृतकका आफन्त धनकुमार राईले जानकारी दिनुभयो ।

राईमाथि रातको समयमा कुटपिट भएकाले घटनाका विषयमा अनुसन्धान गर्न ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान गर्न विशेष टोली परिचालन गरिएको माझीले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post