sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » ‘बाक्सिला गोल्डकप’ वैशाख ७ देखि हुने

खोटाङ, माघ–८, जिल्लाकै पहिलो र प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’ वैशाख–७ गतेदेखि हुने भएको छ । बाक्सिला फुटबल क्लव बाक्सिलाले नयाँ वर्षको अवसर पारेर हप्ता दिनसम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।

प्रतियोगिता पृथ्वी उच्च मावि बाक्सिलाको खेलमैदानमा सञ्चालन गर्ने बाक्सिला फुटबल क्लवका अध्यक्ष समिर राईले बताउनुभयो । ‘बाक्सिला गोल्डकप’ जिल्लाकै सर्वाधिक धनराशीको फुटबल पुरस्कार हो ।

जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रबद्र्धनका लागि ‘बाक्सिला गोल्डकप’को नवौं संस्करण गर्न लागिएको अध्यक्ष राईले जानकारी दिनुभयो । २०६१ सालदेखि निरन्तर आठौं संस्करण गराएको क्लवले दुई वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो ।

यसअघि लगातार छैटौं, सातौं र आठौं संस्करण जितेर दिक्तेल गाविसले कप पच्चा गरेको थियो । यस वर्षबाट पुनः नयाँ कपको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post